ब्रिटिश सांसदको छुरी हानी हत्या



ब्रिटेनका सांसद सर डेभिड एमेसको शुक्रवार छुरी हानी हत्या गरिएको छ । घटनालाई प्रहरीले आतङ्ककारी हमला भनेको छ । कन्जरभेटिभ सांसद सर डेभिडलाई एसेक्सस्थित आफ्नै निर्वाचन क्षेत्रको चर्चमा मतदाताहरूसँगको भेटघाट कार्यक्रममा छुरी हानेको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरेको छ ।

प्रहरीले चक्कु भेटेको र सो हत्याका लागि थप कसैलाई गिरफ्तार गर्न खोजी नगरेको बताएको छ। तर प्रहरीले लन्डनका दुई स्थानमा खोजतलास गरिरहेको बताएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रतिआतङ्कवाद टोलीले हत्याको पछाडि इस्लामिक उग्रवाद कारण रहेको हुनसक्ने बताएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले राजनीतिमा रहेका दयालुमध्ये एक व्यक्ति गुमाउनु परेकोमा शोक व्यक्त गरेका छन् । गृहमन्त्री प्रीति पटेलले प्रहरीलाई सबै सांसदहरूको सुरक्षा व्यवस्थालाई तुरुन्तै पुनर्विचार गर्न निर्देशन दिएकी छन् । उनी ६९ वर्षीय सन् १९८३ देखि सांसद रहेका थिए र उनका श्रीमती र पाँच सन्तान रहेका छन् ।

गत पाँच वर्षमा हत्या भएका उनी ब्रिटेनका दोस्रो सांसद हुन्। सन् २०१६ मा लेबर सांसद जो कक्सको हत्या भएको थियो सरकारी स्रोतले गिरफ्तार गरिएको व्यक्ति सोमालियासँग नाता भएका ब्रिटिश नागरिक भएको बताएको छ । हत्याको समयमा सर डेभिड आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेटघाट कार्यक्रममा रहेका थिए ।

एसेक्स प्रहरीका अनुसार दिउँसो १२ बजेर ५ मिनेटमा प्रहरीले घटनाको जानकारी पाएको थियो र त्यसको केही क्षणमा प्रहरी अधिकारीले सांसदलाई एकभन्दा बढी चोट लागेको अवस्थामा भेटेको थियो । प्रहरी र स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुद उनको घटनास्थलमा मृत्यु भएको थियो । प्रहरीले घटनाका प्रत्यक्षदर्शी वा कुनै हिसाबले क्यामेरामा घटना खिचिएको भए सम्पर्क राख्न सार्वजनिक अपील गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको