महामारीको आडमा सरकारबाट राजनीतिक स्वार्थ सिद्ध गर्ने काममात्र भयोः कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले संचारमाध्यम र सामाजिक संजालमार्फत संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने सरकार र राष्ट्रपतिको कदमविरुद्ध खबरदारी गर्ने भएको छ ।

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार र राष्ट्रपतिको कदमविरुद्ध संचारमाध्यम र सामाजिक संजालमार्फत नागरिक समाज, पार्टी पंक्तिलाई तथा अरु राजनीतिक दललाई विरोधका लागि परिचालित गर्ने निर्णय गरेको हो ।

बैठकले महामारीको समयमा सडक आन्दोलनमा जान सक्ने अवस्था नभएकाले संचारमाध्यम र समाजिक संजालमार्फत सरकारको कदमको विरोध गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘संक्रमणको बेलामा सडकमा उत्रिने बेला छैन । नत्र लाखौं नागरिक सडकमा उत्रिन्थे । संचारमाध्यम र सामाजिक संजालमार्फत नागरिक समाज परिचालित गर्ने, पार्टी पंक्ति र अरु दललाई पनि सरकार र राष्ट्रपतिको कदमकाविरुद्ध परिचालित गर्ने छौं । ’

त्यस्तै बैठकले सरकारले कोभिड महामारी नियन्त्रणका नाममा सरकारले जनतामा आतंक फैलाएको निष्कर्ष निकालेको छ । सरकारको आसय अक्सिजन, बेडको सुनिश्चितता गर्ने भन्दा पनि महामारीको आडमा जनतलाई आतंक फैलाउने राजनीतिक स्वार्थ सिद्ध गर्ने काम गरेको बैठले निष्कर्ष निकालेको महतले बताए ।

उनले भने, ‘केही समयअघि प्रधानन्त्रीलाई हामीले १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थियौं । खै त सरकारले काम गरेको ? सरकार जनताको उपचारतर्फ केन्द्रित भएन । मान्छे मरेका मर्यै छन् । जनतामा सरकारले महामारीको आतंक फैलाएको छ । सरकारको आशय अक्सिजन, बेडको सुनिश्चितता गर्ने भन्दा पनि महामारीको आडमा जनतलाई आतंक फैलाउने राजनीतिक स्वार्थ सिद्ध गर्ने काम गरेको छ । निषेधाज्ञाका कारण जनता मारमा परेका छन्, व्यवसायीको जीवन संकटमा परेको छ । राहतको सुनिश्चित गर्नु पर्यो नि ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले

भदौमा भित्रियो दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब

चर्कियो पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको विवाद

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ

लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक