ओलीलाई माधव नेपाल पक्षद्वारा साढे चार बजेसम्मको अल्टिमेटम



काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आज अपरान्ह साढे चार बजेसम्मको समय दिएको छ ।

उपाध्यक्ष डा. भीम रावलले आफूहरुको कारबाही फिर्ता भएपनि पार्टी अध्यक्ष ओली २०७५ जेठ दुईमा फर्कनु पर्ने बताएका छन् । उनले अध्यक्ष ओलीले आज अपरान्ह साढे चार बजेसम्म माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले सामूहिक राजीनामा दिने बताएका छन् ।

कारबाही फिर्ता लिएपनि ओलीसँग विश्वस्त हुने आधारन नभएको भन्दै नेपाल पक्ष शसंकित देखिएको छ । रावलले भने, ‘‘हाम्रो अडान नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ छ । अब यसबारेमा हाम्रा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीको बीच वार्ता हुँदैछ । तर हाम्रा यी माग पूरा भएनन् भने साढे ४ बजेपछि हामी राजीनामा दिन्छौं ।’

आज बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ : सांसद यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त