विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड नाघ्यो,भारतमा एकैदिन ४२ सयको मृत्यु



विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १६ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ९९ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १६ करोड ३ लाख १६ हजार ९९३ पुगेको हो । यस्तै, पछिल्लो २४ घण्टामा रोना संक्रमणबाट १२ हजार ९९४ जनाको मृत्यु भएको छ। यससंगै मृतकको संख्या ३३ लमख ३० हजार ८२८ जना पुगेको छ ।

हालसम्म १३ करोड ८० लाख ५० हजार ८४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने १ करोड ८९ लाख ३५ हजार ३२१ जना संक्रिय संक्रमित रहेका छन् । विश्वभर हाल कोरोना भाइरसको संक्रमण दोस्रो लहरमा प्रवेश गरेको छ । नेपालमा पनि संक्रमितको संख्या बढी रहेको छ ।

त्यस्तै, छिमेकी मुलुक भारतमा लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगैसंक्रमितको संख्या २ करोड ३३ लाख ४० हजार ४५६ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ९३ लाख ७६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३७ लाख ९ हजार ५५७ रहेको छ । यस्तै एकैदिन ४२ सय संक्रमितको मृत्यु भएसंगै मृतक संख्या २ लाख ५४ हजार २२५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जना दोलखा भीमेश्वरका

चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ

इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको