प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री थपिए, अर्थमन्त्रीमा विष्णु पौडेल



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् । अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन् ।

त्यस्तै उनले सञ्चारमन्त्रीमा पार्वत गुरूङलाइ नियुक्त गरेका छन् । तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग बालुवाटारमा साढे दुई घण्टा लामो छलफल गरेका थिए । निरन्तर छलफल गरेर उनले नयाँ मन्त्रीको छनोट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभालाई समानुपातिक र समावेशी तथा प्रतिनिधिसभालाई प्रत्यक्षतर्फ १६५ सिटमा सीमित गर्नुपर्छः सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन,

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

ओलीलाई राउटे मुखिया शाहीको कोसी उपहार

कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया

नसोचेको खुशी पाउँदा …

सिरहा ।संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो ! दैनिकी