कोरोनाको ‘केन्द्रबिन्दु’ अब युरोप



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको “केन्द्रबिन्दु” अब युरोप भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्।

थुप्रै युरोपेली देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने मानिसको सङ्ख्यामा उल्लेख्य वृद्धि भएका विवरण आइरहेकै बेला महानिर्देशक टेड्रसले यस विषयमा बोलेका हुन्।

इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।

इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ। त्यहाँ शुक्रवार मृत्यु हुने मानिसको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भई १२० र सङ्क्रमित हुने मानिसको सङ्ख्या ४,२३१ पुगेको छ।

प्रधानमन्त्री पेद्रो सान्चेजले शनिवारदेखि दुई हप्तासम्म लागु हुने गरी सतर्कताको अवस्था कायम गरिने बताएका छन्। गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अहिले विश्वभरि फैलिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका १२३ वटा देशमा १३२,५०० भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ देखिएको छ।

मृत्यु हुने मानिसको सङ्ख्या झन्डै ५,००० पुगेको छ। त्यो सङ्ख्यालाई डब्ल्यूएचओका महानिर्देशक टेड्रसले “एउटा दुःखद कोसेढुङ्गा”को रूपमा व्याख्या गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी