प्रचण्डले भने -बास्कोटाको घरमा बम प्रहार गर्ने आतंककारी हुन्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने समूहलाई आतंककारिको संज्ञा दिएका छन् । प्रचण्डले विज्ञप्ती जारी गरी विष्फोट गराउने समूहलाई आतंककारीको सां दिएका हुन् ।
‘पूर्वमन्त्री कमरेड गोकुलप्रसाद बाँस्कोटाको मध्युर थिमी नगरपालका-१ लोकन्थलीस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको छु, प्रचण्डले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवम् भर्त्सना गर्दछु। घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।’
बाँस्कोटाको घरमा बम विस्फोटको जिम्मा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ। बास्कोटाको घरमा बुधबार विहान प्रेसर कुकर बम विष्फोट गराइएको थियो ।