नेपाली टोलीलाई कालापानी क्षेत्रमा नापनक्सा गर्नै दिएन भारतले



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी क्षेत्रमा नापनक्सा गर्न गएको नापी विभागको टोलीलाई भारतले रोकेको बताएकी छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा मन्त्री अर्यालले यस्तो जानकारी दिएकी हुन् ।

भारतले रोक लगाएसँगै नाप नक्साको काम स्थगित भएको छ । कुटनीटिक तहबाट कुरा गरी समाधान निस्केपछि काम अगाडी बढाउने उनले बताइन् । मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्सामा लिम्पियाधुरा नसमेटिएको बताइन् । कालापानी र लिपुलेक नेपाली नक्सामा अहिलेपनि रहेको र लिम्पियाधुरासहित नक्सा अहिलेसम्म प्रकाशनमा नआएको उनले बताइन् ।

समिति बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नक्साको सन्दर्भमा भूमि व्यवस्था मन्त्री अर्यालले सोझो जवाफ नदिएको बताए । रावलले भने, ‘उहाँले बारम्बार नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलोहोइन विवाद समाधान गर्ने कुरा ठूलो हो भन्नुहुन्छ । नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन भने हामीले अन्त पनि नदेखाए भयो नी त । नक्सामा आफ्नो भूभाग देखाउने कुरा ठूलो होइन भने हटाइदिने ।’

वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले वनको जग्गा प्रयोग गर्न निश्चित विधि भएपनि सुरक्षा पोष्ट स्थापनाको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखेको बताए ।
बैठकमा समिति सदस्यहरुले सन्धी सम्झौताहरुले समेत नेपाली भूमि हो भनेर देखाएपछि नक्सा जारी गर्न किन गाह्रो भन्दै प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालोपत्र गरेको तीन महिनापछिको सडकको हालत

भोजपुर । कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित भएका छन्।

जिलोङ–केरुङ–काठमाडौँ अन्तरदेशीय रेलवेको सम्भाव्यता अध्ययन गर्ने नेपाल-चीन सहमति

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी

रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै एक करोड भन्दाबढी ठगी गरेको आरोपमा युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला

फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबी हटानुपर्ने