कागज र कपडाका झोला पनि प्लास्टिक जस्तै हानिकारक



पातला अर्थात् ३० माइक्रोनभन्दा कम तौल भएका प्लास्टिकका झोला उत्पादनमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ।

सगरमाथा क्षेत्रसहित देशका विभिन्न स्थानीय सरकारका समेत प्लास्टिकका झोलाको प्रयोग रोक्न आ-आफ्नै योजना र कार्यक्रमहरू बनाएका छन्।

प्लास्टिक पर्यावरणका लागि हानिकारक छ भन्दै अभियान चलाउनेहरूले प्लास्टिकको झोलाको स्थानमा दिने साझा विकल्प हो – कपडा वा कागजको झोला।

तपाईँले पछिल्लोपटक प्रयोग गरेको झोला केबाट बनेको थियो? जवाफ जेसुकै भए पनि हामीसँग एउटा जानकारी छ: “ती सबै पर्यावरणका लागि खराब छन्।”

विज्ञहरू त तपाईँलाई अर्को नयाँ झोला नै नकिन्न सुझाव दिन्छन्। पर्यावरणका लागि प्लास्टिकका झोलाभन्दा बढी कपडा वा कागजको झोला खतरनाक हुन सक्ने उनीहरूको मत छ।

वातावरणमैत्री झोलाको कुरा गर्दा त्यसको काम सकिएपछि के हुन्छ भन्ने मात्र सोचेका छौँ। तर त्यो झोला बन्ने क्रममा लाग्ने खर्च र प्रक्रियालाई बिर्सन्छौँ।

सन् २०११ उत्तरी आयरल्याण्डको संसद्‍को एउटा अध्ययनका अनुसार “कागजको झोला उत्पादन गर्न प्लास्टिकको भन्दा चार गुणाभन्दा बढी ऊर्जा खपत हुन्छ।”

उक्त अध्ययनका अनुसार पेट्रोलियम प्रशोधनका क्रममा खेर जाने पदार्थबाट प्लास्टिकका झोला उत्पादन हुन्छ भने पनि कागजका लागि रूख काट्नुपर्छ।

कागजको झोला उत्पादन प्रक्रियामा धेरै पानी र रसायन खपत हुने बताइएको छ। कपडाको झोला उत्पादनले त झन समस्या देखाउँछ।

नर्थनटम विश्वविद्यालयका दिगो फोहोर व्यवस्थापन विषयका प्राध्यापक मार्ग्रेट बेट्स भन्छन्: “कपास उत्पादन गर्ने काम निकै लामो र श्रम पर्ने हुन्छ। तीव्र रूपमा फेरिएका हाम्रा फेसनका रहरको असर यसमा पनि पर्छ।”

सन् २००६ मा यूकेको पर्यावरण निकायले गरेको एउटा अध्ययनमा तापमान वृद्धिदर घटाउन कागजको झोलाको उत्पादन तीन गुणाले घटाउनुपर्ने बताएको थियो।

सो सुझावमा प्लास्टिकको झोलाको उत्पादन चार गुणाले घटाउनुपर्ने कुरा थियो। तर सो प्रतिवेदनमा कपडाका झोलाको उत्पादन भने १३१ गुणाले कम गर्नुपर्ने बताएको थियो। च्यातिने र भिज्ने समस्या भएका काजगका झोलाको पुर्नप्रयोग हुन गार्हो हुन्छ।

तपाईँले झोलाहरू पुर्नप्रयोग गर्नुभएन भने त्यसको वातावरणीय प्रभाव उच्च हुन्छ। प्राध्यापक बेट्स भन्छन्: “जेसुकैबाट बनेका झोला भए पनि त्यसलाई सक्दो धेरै पुर्नप्रयोगमा ल्याउनु नै त्यसको वातावरणीय असर कम गर्नु हो।”

बजार जाँदा झोला बोक्न बिर्सियो र कपडा वा कागजकै झोला किनियो भने पनि सबैभन्दा ठूलो वातावरणीय मूल्य पर्छ।

बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा १ करोड ४ लाखबढी कोरोनाका सक्रिय संक्रमित,७९ हजारको अवस्था गम्भीर

काठमाडौँ । पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर बढेसंगै विश्वभर सक्रिय संक्रमितको संख्या

नेपालमा १,७४१ कोरोना संक्रमित थपिए,चार हजार पाँच जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७४१ जनामा कोरोना सङ्क्रमण

कोरोना कहरकै बिच खुलामञ्चमा सर्वसाधारणलाई टीक फोटो फिचर

विश्वव्यापी बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिको हातबाट बडा दसैँको टीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दसैंको टीका ग्रहण