संगठित अपराधले पहिला राजनीतिमा आश्रय खोज्छ



डा. युवराज संग्रौला ।

एक जमाना थियोे, बैंक डकैती देशको एउटा गम्भीर समस्या बन्यो । मैले लगातार यसबारेमा अध्यन गर्दै रहें । हेरेक बैंक डकैती अगाडि एउटा अपहरणको घटना घटेको पाइन्थ्यो । कोटेश्वरमा विवेक लुइँटेलको अपहरण भयो, तर त्यस्तो अपहरणका कारण थिएनन् ।

तत्काल श्रीलंका समावेश भएको एउटा बैकं लुटियो । केही घटना घटेपछि, मैले दैनिक खबरकागजमा लामो लेख लेखें । त्यसपछि प्रहरी, सरकारी वकिल लगायत विभिन्न निकायका प्रशिक्षणमा मैले केही अध्यनबाट स्थापित गरेका निष्कर्षहरु बताएँ ।

१. अमानवीय, संगठित अपराध नेपालमा प्रवेश गरिसकेको थियो । काठमाडौमा अधिक संगठित अपराधहरुका घटना थिए । तर प्रहरीसँग साधन थिएनन् । अपराधीहरु मोटरसाइकल प्रयोग गर्थे, तर प्रहरीसँग केही थिएन । विदेशी अपराधीहरुसँग नेपालका गुन्डाहरु जोडिँदै थिए । उनीहरु चरेस, ब्राउन सुगर, गैंडाको खाग, रक्तचन्दन, र सुनको तस्करीमा संलग्न थिए। चरी, घैंटे लागाएतका यसमा संलग्न थिए । तर यी सबैले कुनै न कुनै नेताहरु समातेका थिए । संगठित अपराधले पहिला राजनीतिमा आश्रय खोज्छ । राज्यले यसलाई सजिलै समाप्त गर्न सक्छ, यस चरणमा ।

२. दोस्रो चरणमा यसले आर्थिक वा वित्तिय संस्थालाई लक्ष्य बनाउन थाल्छ । किनकी यसले पहिलो चरणमा अधिक कालोधन जम्मा गर्छ । पहिलो चरणमा कालोधन कमाउने माध्यम राम्रोसँग स्थापित हुन्छ । यसबाट राजनीतिले गैरकानुनी आम्दानी गर्न थाल्छ । यसबेलासम्म राजनीतिमा यस अपराधिक तत्वले अनेक बहानामा नेताहरुलाई प्रभावित गर्छ र ऊ राजनीतिक औपचारिक पदमा आउँछ । हिजो हामीले देखेका छौं । यस चरणमा पनि यसलाइ रोक्न सकिन्छ।

३. तेस्रो चरणमा अपराधीहरु देशका वित्तिय संस्था कब्जा गर्ने क्षमता प्राप्त गर्छन् । उनीहरुले जमिन कब्जा गर्छन्, बैंक कब्जा गर्छन् र ती संस्थामा राजनीतिक नेतालाई संलग्न गर्छ । राजनीतिमा भ्रस्टाचार व्यापक रुपमा बढ्छ । राजनीति कमजोर हुन्छ । नेपाल अहिले यो अवस्थामा आइसकेको छ । यो अवस्था खतरनाक हो । नेपालको राजनीतिले यसलाई सम्बोधन गरेन भने, नेपालको लोकतन्त्र समाप्त हुन्छ ।

४. चौथो चरणमा अपराधीले नेतृत्व लिने प्रयास गर्छ । अहिले थुप्रै यस्ता मानिस नेतृत्व वा मन्त्री बनिसकेका छन् । उनीहरुले नेतृत्वलाई प्रभाव पार्ने क्षमता विकास गरिसेका छन् । अब जीवनको खतरा अब नेताको हो । तपाईंहरु अपराधी पालेर आफ्नो ज्यान जोखिम बनाउन चाहनुहुन्छ भने यस्ता अपराधी पाल्नु होस्, होइन भने लोकतन्त्र जोगाउन आफना पार्टीमा लुकेका अपराधीहरु बाहिर निकाल्नु होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी