जनतालाई भ्रममा पार्ने तत्वको प्रतिवाद गरौंः प्रचण्ड



काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली मौलिकताको समाजवाद स्थापनाको दिशामा अगाडि बढ्न सबैमा आग्रह गरेका छन्। चौंथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।

उनले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउन केही अराजक तत्वहरु यो व्यवस्थाकै विरुद्ध लागि परेका छन्। जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गरी सम्पूर्ण परिवर्तनकारी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

‘वर्तमान संविधानले प्रष्ट रुपमा समाजवादी व्यवस्थातर्फ हामीलाई मार्ग प्रशस्त गरेकाले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ’ प्रचण्डले भनेका छन्, ‘नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले वैशाख दश गते हुने उपनिर्वाचनमा चितवन २ मा रामप्रसाद

समाजवाद उन्मुख देशका मानिस आफ्ना खर खाँचोको लागि किन मिटरब्याजी समक्ष ऋण लिन जान्छन् ?

केशवप्रसाद भट्टराई । १. हामीसँग स्थानीय र प्रदेश सरकार पनि छन् तर उखु

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन

रसुवागढी नाका तीन वर्षपछि मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको