वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि



वीरगञ्ज । मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा रु ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन् ।

वीरगञ्ज भन्सारले मात्र रु १२ अर्ब १२ करोड २१ लाख ३१ हजार बराबरका वस्तु निर्यात गरेको छ ।

वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ ।सुक्खा बन्दरगाहबाट रु एक अर्ब ५१ करोड बराबरका सामान निर्यात भएका छन् ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा रु १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार बराबरका वस्तु निर्यात गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो

राजस्व सङ्कलनको लक्ष्य भेट्ने गरी काम गर्न अर्थमन्त्री पौडैलको निर्देशन

काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा

बाँसखर्कमा यसवर्ष १८ करोड ४४ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन

गण्डकी । बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा

वीरगञ्ज नाका हुँदै ६ महिनामा २९ अर्ब २७ करोडको सामान विदेश निर्यात

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा २९ अर्ब २७