नेप्से पुनः तीन हजार बिन्दुमा



काठमाडौं । शेयर कारोवार हुने साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक तीन हजार बिन्दुपार गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.७५ बिन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ बिन्दुले बढेर ५६२.२४ मा पुगेको छ । कूल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ बराबरको कारोवार भएको छ । बिहिबारको कारोवारपछि बजार पूँजीकरण ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोवार भएका १३ उपसमूह मध्ये आठ उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३५.६४, जलविद्युत् २६.६, वित्त ३८.२५, निर्जीवन बीमा ३८.७ र सामूहिक लगानी कोष ०.९२ बिन्दुले बढेको छ । यस्तै, व्यापार ८२.४६, होटल तथा पर्यटन १५.२३, विकास बैंक १५.९३, उत्पादन २१.६५, अन्य ११.४१, लघुवित्त १२.७३, जीवन बीमा ३८.७९ र लगानी ०.३ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा आज कृषि विकाास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४६ करोड २७ लाख ६४ हजार ६४० बराबरको कारोवार भयो । यस्तै, नेपाल बैंक ३६ करोड पाँच लाख ८० हजार ७२८, एनआइसि एशिया बैंक ३६ करोड चार लाख ४८ हजार ४४६, ङादी ग्रुप अफ पावर ३४ करोड ३४ लाख ५१ हजार ७०० र सिद्धार्थ बैंक ३२ करोड आठ लाख ५२ हजार ७२८ बराबरको कारोवार भई शीर्ष स्थानमा छ ।

लक्ष्मी उन्नती कोष १०.०४, सिइडिबी आइड्रोपावर १०, ङादी ग्रुप अफ पावर १०, पोखरा फाइनान्स ९.९५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाएका छन् ।

यस्तै, हिमालयन पावर पार्टनर ४.०७, बरुण हाइड्रोपावर ३.९३, विशाल बजार कम्पनी ३.१०, सारथी नेपाल लघुवित्त २.८४ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.८३ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई वर्षभित्र पाँच सय मेगावाट उत्पादन गर्ने प्रोजिल इनर्जीको लक्ष्य

  काठमाडौं । सरकारले हरित ऊर्जा विकासलाई सहज बनाउन यस क्षेत्रमा देखापरेका प्रक्रियागत

सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात

सङ्खुवासभा। चालु आर्थिक वर्षमा सङ्खुवासभाबाट एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ।

सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा मूल्यवृद्धि भएको विषयप्रति मन्त्रालयले

सरकारलाई लेखा समितिको निर्देशनः सिमेन्टको मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्नु

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी