काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा जिप दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगिएको थियो ।
४९ वर्षीया बडुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बडुको शव छाउनी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। लक्ष्मी रजिस्ट्रार तारादत्त बडुको पत्नी हुन् । दुर्घटनामा घाइते भएका चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनीहरूमध्ये उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको उपचार भइरहेको छ ।
मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो जिप भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो।

प्रतिक्रिया