६७ करोडको राजस्व छली गर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी ६७ करोड रुपैयाँ बराबरको राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

सर्लाहीको मनिराज सप्लायर्सका प्रोप्राइटर राजदेवी तथा उक्त फार्मको मुख्य कारोवार गर्ने व्यक्ति राजाराम महतोले ४१ करोड ५१ लाख बढी बिगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ । उनीहरुले मालवस्तु खरीद तथा आयात नगरी, झुटा खरीद देखाइ विभिन्न फार्मलाई बिक्री बीजक मात्र जारी गरेको पाइएको छ ।

उक्त फार्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको भ्याट सरकारी कोषमा दाखिला नगरेको पाइएको र विभिन्न फार्मलाई नक्कली एवं नक्कली बीजक उपलब्ध गराई जालसाजी गरी भ्याट र आयकरसमेत छली गरेको विभागको दाबी छ ।

अनुसन्धानमा भ्याटतर्फ १५ करोड ८४ लाख र आयकरतर्फ २५ करोड ६७ लाख गरी कूल ४१ करोड ५१ लाख ३१ हजार राजस्व चुहावट गरेको खुलेको छ ।

यसैबीच नक्कली बीजक प्रयोग गरी राजस्व छली गर्ने रौतहटको शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्सका मुख्य कारोवारी ओमप्रकाश सिंहले २५ करोड ३५ लाख ४१ हजार बिगो बराबरको राजस्व छली गरेको आरोपमा आजै मुद्दा चलाइएको छ ।

उक्त बिगो असुल गरी जरिवाना र कैद मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । उनले पनि मालवस्तु खरीद तथा आयात नगरी, विभिन्न फार्मबाट नक्कली बीजक लिई आयकर र भ्याट छली गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य 

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको

झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

बनियानी (झापा) । नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन्

किवीका बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

डडेल्धुरा। किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले वार्षिक पाँच लाख