बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार



काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख बढीको कारोबार भएको छ ।

गत माघमा एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो । यसैगरी, गत माघ महिनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ । पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब बढीको कारोबार भएको छ ।

कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार
राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ ।

माघमा मात्र एक खर्ब ७२ अर्ब चार करोड ६० लाख बढीको कारोबार भएको छ । गत माघमा एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र आठ अर्ब १७ करोड ६० लाख बढीको कारोबार भएको छ ।

यसैगरी माघमा मोबाइल बैकिङमार्फत ४० अर्ब ३५ करोड ९० लाख बढीको कारोबार भएको छ । गत माघमा ३८ अर्ब ५९ करोड बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ ।

इन्टरनेट बैंकिङमार्फत रु आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत १० अर्ब १८ करोड बढीको कारोबार भएको छ । गत माघमा वालेटमार्फत नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ ।

यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट ९३ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्शको कारोबारमा दुई करोड ८० लाखले कमी आएको हो । इ–कमर्शबाट फागुनमा ९० करोड ४० लाख बराबरको कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनलाई केन्द्रित गरी  सरकारले कानुन संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

  काठमाडौँ । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न १२ वटा

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

कतारमा पानी निर्यातको अवसर बन्नसक्छ अमिरको नेपाल भ्रमण

  काठमाडौँ ।  नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका

सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं ।नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको हकहितमा काम गर्नुपर्ने