अमलेखगञ्ज–लोथर पाइपलाइनको अध्ययन सम्पन्न



वीरगंज । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ ।

दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी— अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले सो अध्ययन पुरा गरेको हो ।

अध्ययन टोलीका प्राविधिकले सो पाइपलाइनलाई कसरी अगाडि बढाउने, कति खर्च लाग्ने, निर्माण गर्न कति समय लाग्नेलगायतका कामको प्रतिवेदन मन्त्रालयलाई बुझाइ सकिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

बाराको अमलेखगञ्जदेखि चितवनसम्मको ६९ किलोमिटर लम्बाइ रहेको सो पाइपलाइनको निर्माण गर्न करीब १३ अर्ब खर्च हुने अनुमान गरिएको छ । लोथरमा पेट्रोलियपदार्थ भण्डारण गर्न एक लाख किलोलिटर क्षमता भएको अत्याधुनिक पेट्रोल ट्याङ्की निर्माण गर्ने बताइएको छ ।

मोतिहारीदेखि अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइपलाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने छन् । यसको लागि नेपाल तथा भारत सरकारबीचमा कुराकानी भई स्वीकृतिसमेत भइसकेको छ । अब प्राबिधिक प्रतिवेदन माथि मन्त्रालयमा छलफल भई काम अगाडि बढ्ने छ ।

नेपाल आयल निगम र भारतीय आयल निगमका संयुक्त कार्यदलले मन्त्रालयमा पेश गरेको अनुमानित लागतबारे टुङ्गो लाग्न सकेको छैन । १३ अर्ब खर्च हुने अनुमान गरिएको छ । यसअघि २०७६ भदौ महिनादेखि भारतको मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउने गरेकोमा अब एक वर्षभित्र सोही पाइपलाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य शुरु भएको निगम प्रदेश २ प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले जानकारी दिए ।

विगत एक वर्षदेखि भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजल आइरहेको छ भने अबको एक वर्षभित्र सो पाइपलाईमार्फत पेट्रोल पनि ल्याउने काम शुरु हुने छ । सो सम्बन्धी काम भारतको मोतिहारीमा सम्पन्न भइसकेको बताइएको छ । भारतीय आयल कर्पोरेसन लिमिटेडले भारतको मोतिहारीमा भर्टिकल ट्याङ्की निर्माण गर्ने काम शुरु गरेको छ ।

अमलेखगञ्जस्थित नेपाल आयल निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्नको लागि आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ । कार्यालय हाताभित्र पश्चिम तर्फ रहेको ६ बिघा क्षेत्रफलमा रहेको खाली जग्गामा आवश्यक काम हुनेछन् । जग्गाको नक्शापास, लागत अनुमान तथा माटो परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणको कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

यसपछि बोलपत्र आह्वान गरी निर्माण शुरु गरिने बताइएको छ । अहिले पाइपबाट भारत बिहारको राजधानी पटनामा पम्पिङ गरेर अमलेखगञ्ज डिपोमा डिजल आउने गरेको छ भने मोतिहारीमा पेट्रोल ल्याउने काम सम्पन्न भएपछि त्यहीबाट पम्पिङ गरेर पेट्रोल पनि ल्याइने छन । प्रति घण्टा तीन लाखदेखि ४ लाख लिटरसम्म पेट्रोल आपूर्ति गर्न सकिने छ ।

पाइपलाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ट्याङ्करबाट गर्ने ढुवानीमा खर्चको बचत, प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम , चुहावट र मिसावट अन्त्य हुनेछ । साथै प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य तथा भन्सार नाकामा हुने ट्याङ्करको चापसमेत अन्त्य र पेट्रोलको अभाव पनि अन्त्य हुने निगमका प्रादेशिक प्रमुख रेग्मीले बताए ।

मोतिहारीदेखि रकसौल–अमलेखगञ्जसम्म नेपाल भारत अन्तदेशीय पेट्रोलियम पाइपलाइनबाट अहिले डिजेल आउने गरेको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्वाइको सो पाइपलाइनबाट पेट्रोल ल्याउने सम्पूर्ण काम पूरा भएपछि प्राविधिक जाँच गरी एक वर्षभित्रै सञ्चालनमा आउने छ ।

अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त भएर जाने विश्वास निगमले लिएको छ । पाइपलाइन सञ्चलनमा आएपछि निगमलाई वार्षिक ढेड अर्ब बचत हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले