अर्थमन्त्रीद्वारा सिद्धार्थ केवलकारको शिलान्यास



बुटवल । ऐतिहासिक, पुरातात्विक र पर्यटकीय बुटवल नगरीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालनमा आउने सिद्धार्थ केवलकारको आइतबार शिलान्यास गरिएको छ । सो केवलकारको आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका हुन् ।

अर्थमन्त्री पौडेलले विकासका दृष्टिले रुपन्देहीलाई मुलुककै नमूना जिल्लाका रुपमा स्थापित गरिने बताए । उनले जिल्लालाई नमूना जिल्लाका रुपमा स्थापित गर्न सबैको साथ र सहयोग हुनुपर्नेसमेत बताए । उनले भने “विकासका मुद्दामा सबै एकताबद्ध भएर उभिने सङ्कल्प गराँै ।”

अर्थमन्त्री पौडेलले विकासको महत्वपूर्ण पाठशाला रुपन्देही बनेको भन्ने सन्देश यहाँ सञ्चालित ठूलाठूला आयोजनाहरूले दिएको पनि बताए ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रको लगानीमा निर्माण हुने आयोजना राष्ट्रका गौरव रहेको उल्लेख गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट पर्याप्त सहयोग रहने बताए ।
अर्थमन्त्री पौडेलले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पूरा गर्न सरकारले आवश्यक बजेटको समेत ब्यवस्था गरेको बताए । यस्तै बेलहिया बुटवल छ लेन सडक निर्माण सम्पन्नसँगै बुटवल राजमार्ग चौराहादेखि चिडियाफेदीसम्मको सडक विस्तारको काम शुरु भएको बताए ।

अर्थमन्त्री पौडेलले सिद्धबाबामा सुरुङ मार्ग निर्माणको प्रक्रियाका लागि केही साताभित्रै टेन्डर आह्वानको तयारीमा रहेको, बुटवल पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम अघि बढाइने बताए । यस्तै बुटवल नारायणघाट राजमार्गको कामले तीव्रता पाएको र सरकारले बुटवल गोरुसिङ्गे राजमार्गको स्तरोन्नतिका लागि डिपिआर निर्माणका क्रममा रहेको जानकारी दिए ।

उक्त केवलकार करीब ८० करोडको लगानीमा निर्माण हुन गइरहेको र यसको निर्माण पश्चात बुटवलको पर्यटन व्यवसायलाई गति दिने विश्वास पर्यटन व्यवसायी तथा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालको छ ।

बुटवल तथा यस आसपासका व्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा हुने विश्वास गरिएको सिद्धार्थ केवलकार प्रालिका अध्यक्ष इं राजेन्द्रसिंह गुरुङले जानकारी गराए । यसमा २५ वटा गण्डोल हुने र दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने र एकतर्फीरुपमा जान वा आउन आठ मिनेटको समय लाग्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

यो केवलकार निर्माणका लागि भारतको कलकत्तामा रहेको कन्वेयर एन्ड रोप वे सर्भिसेजसँग सम्झौता भइसकेको छ । यो परियोजनामार्फत बुटवल टेक्निकल इन्स्टिच्युटले प्रविधि भित्राउँदै छ ।

“हामीले प्रविधि भित्र्याउने मात्र हैन जनशक्ति उत्पादन गर्नका लागि पनि आवश्यक तयारी गरेका छौँ”, इन्स्टिच्युटका कार्यकारी निर्देशक पिएल श्रेष्ठले भने । यसअघि बुटवलबाट पाल्पाको वसन्तपुरका लागि लुम्बिनी केवलकारको एक साताअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गलैँचाको कच्चा पदार्थ आयातमा छुट दिन व्यवसायीको माग

  काठमाडौँ  । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग

निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छः चेम्बर

काठमाडौं । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी

काठमाडौँ । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो