नविल बैंकले ३४ प्रतिशत लाभांश दिने



काठमाडौं । नविल बैंकको वार्षिक साधारण सभाले ३४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

बैंकको लाभांश पारित भएसँगै १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ८ सय ४८ रुपैयाँ चुक्ता पूँजी पुग्ने छ । त्यस्तै बैंकले ११ अर्ब अधिकृत पूँजी पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ । साधारण सभामा शेयरधनीहरुले शाखा विस्तारसँगै आफ्नै पूँजीबाट बैंकलाई बलियो बनाउन सुझाव दिएका थिए ।

त्यस्तै शेयरधनीहरुले बैंकले नगद लाभांश भन्दा बोनस शेयरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले बैंकसँग भएको जगेडाकोष तथा सञ्चित मुनाफा बलियो भएकाले आवश्यक परेमा ठूलो बैंक हुन कुनै समस्या नरहेको बताए । नविल बैंकको जगेडाकोषमा १४ अर्ब १७ कारोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँको आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी

नेप्सेमा १८ अंकको गिरावट

काठमाडौं । बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से

यसरी विकास भयो गोठबाट पर्यटकीय बस्तीमा घोडेपानी

  म्याग्दी ।  करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिएको छ