उखु किसानलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई उद्योग समितिको निर्देशन



काठमाडौं । संसदको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । उखुको पैसा नदिएको भन्दै आन्दोलनरत उखु किसानहरु संसदीय समितिमा उपस्थित भएर आफ्नो समस्या सुनाएपछि समितिले निर्देशन दिएको हो ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले चिनी मिलका सञ्चालकहरु भागेका बताए । उनले किसानहरुको उखुको मूल्य नतिर्ने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया सम्पर्कमा नरहेको र सरकारले खोजिरहेको बताए ।

समितिमा उपस्थित भएका उखु किसानहरुले अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानलाई नतिरेको गुनासो गरेका छन् । किसानहरुले उखुको भुक्तानी पाउनुपर्ने भन्दै केही दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा दोहोरो अंकको बृद्धि

काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधबार पनि दोहोरो अङ्कले बढेको छ ।

भारतले लगायो चिनी निर्यातमा रोक

काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएको छ । आन्तरिक बजारमा चिनीको मूल्इ

स्वदेशी लगानीमा बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माण हुने

–रमेश लम्साल, काठमाडौँ । सरकारले आफ्नै लगानीमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी

सार्वजनिक सवारीसाधनको भाडा फेरि बढ्यो(सूचीसहित)

काठमाडौँ । सरकारले फेरि सार्वजनिक सवारीसाधनको भाडा बृद्धि छ । पेट्रोलियम पदार्थको मूल्य