नेपाल एसबिआई बैंकले १६.८४ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभाले १६.८४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ । बैंकको आइतबार काठमाडौंमा बसेको २६ औं आर्षिक साधारणसभाले उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्तावमाथि छलफल गरी पारित गरेको हो ।

बैंकले कुल चुक्ता पूँजीको १०.८४ प्रतिशत अर्थात ९१ करोड ६० लाख ७६ हजार ६ सय ३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै साधारणसभाले चुक्ता पूँजीमा ६ प्रतिशत अर्थात ५० करोड ६९ लाख ५५ हजार ३१ रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव समेत पारित गरेको छ । बैंकका अध्यक्ष बी.आर.एस सत्यनारायणले बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित लाभांश पारित गरिएको घोषणा गरे ।

त्यस्तै साधारण सभाले स्वतन्त्र सञ्चालक तर्फ बिमला सुवेदीलाई नियुक्त गरेको छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्ने तथा आवस्यक सहमति गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती गर्ने/गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कमहरु गर्न गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयल निगम चर्को घाटामा, आपूर्ति व्यवस्थामा व्यवधान आउन सक्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको

तनहुँमा दसैंमा चार करोड ३९ लाख रुपैयाँ बराबरको खसीबोका बिक्री

दमौली । हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड

नवलपुरमा सब–स्टेसन निर्माण अन्तिम चरणमा

सर्लाही । सर्लाहीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा

निजी एयरलाइन्सको व्यापारमा वायुसेवा निगम रमिते मात्रै

काठमाडौँ । हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो ।