‘सितारा जडेको’ मा पल शाह र दीपिकाको रोमान्स



काठमाडौं । फिल्म ‘मायाबी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर सुन्न सकिन्छ।

दयाराम पाण्डे र दिवाकर भट्टराइको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ । दिवाकर भट्टराइले नै कोरियोग्राफी गरेको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु पल शाह, दीपिका प्रसाईं, नव–नायक समिम खान, कलाकारहरु प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ।

गीतले बिहेको बिदाइको पललाई भावुकताका साथ वर्णन गरेको छ । फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन छ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी

यस्तो छ ‘मायाबी’ को ट्रेलर

काठमाडौं । फागुनको १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक भएको

‘सुनिँदैनन् वसन्त गीतका राग’

महोत्तरी । ‘मधुमासक मदमातल मनुआ, चैढते फागुन अगराए रहल दिनमणि ऋतुराजक साधकसन वासन्ती

जितु नेपाल ‘परालको आगो’मा अनुबन्धित

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म