गोंगबु हत्याकाण्डकी आरोपी कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश



काठमाडौं । काठमाडौँ जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ कल्पना मुडभरी (पौडेल) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । पौडेललाई सुन्धारास्थित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार र पौडेलकी १५ वर्षीया छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले आदेश दिएको छ ।

गोंगबूमा गत साउन २५ गते बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर अर्को सुटकेसमा रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । सोही घटनाका अभियुक्त पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा….

लमजुङ ।  मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२

११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ