विश्व

सुमात्रन गैँडा संसारबाट लोप हुने अवस्थामा, अब एक सय भन्दा कम बाँकी

एउटा सुमात्रन गैँडाको मृत्यु भएपछि मलेशियामा उक्त दुर्लभ प्रजाति लोप भएको छ। मलेशियाको बोर्नियो द्वीपमा शनिवार इमान नामक २५ वर्षे पोथी गैँडाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उसलाई क्यान्सर भएको थियो। गत वर्ष मे महिनामा सोही प्रजातिको भाले गैँडा मरेको थियो।