समाज

देशभरका मिटरब्याज पीडितलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न कार्यदलको आग्रह

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन आह्वान गरेको छ । गृह मन्त्रालयद्वारा गठित कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले शनिबार विज्ञप्ति जारी गरी भदौ ५ गते भित्र पीडितहरुलाई आआफ्नो जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन आह्वान गरेका हुन्