समाचार

होली पर्व सुरु,वसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं । फागु अर्थात् होली पर्व सुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो । वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर होली पर्व सुरु भएको मानिन्छ ।