सूचना/प्रबिधि

अमेरिकामा तत्काल प्रतिबन्धबाट जोगियो टिकटक

अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ । यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने थियो । तर वाणिज्य मन्त्रालयले ’कानुनी प्रक्रिया जारी रहेको’ भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको छ ।