अन्तर्राष्ट्रिय

इजरायलमा संयुक्त सरकार गठन हुने

इजरायलका प्रधानमन्त्री र मुख्य विपक्षी नेताबीच संयुक्त सरकार बनाउन अग्रसरता लिने एउटा उल्लेखनीय सहमति भएको त्यहाँका राष्ट्रपतिले जनाएका छन् । राष्ट्रपति रूभेन रिभ्लिनले प्रधानमन्त्री बेन्जमिन नेतन्याहु र विपक्षी नेता बेनी ग्यान्ट्ससँगको भेटपछि दुवै नेताले महत्वपूर्ण कदम चालेको बताएका हुन् ।