बोक्सीको फोटो…



डा. गोविन्दशरण उपाध्याय ।

मेरो फेसबुक लिंकमा रहेका कुनै एकजना मित्रले फरक प्रसंगमा पोष्ट गरेको “एउटी महिलाले एउटा केटा मान्छेलाई दाम्लोले बाँधेर हिँडाइरहेको“ फोटोले मेरो ध्यानाकर्षण गर्यो । यो फोटोले सच्चिकै एउटा कालखण्डमा पुरुषले महिलाउपरको आधिपत्यलाई चुनौती दिएको देखिन्छ ।

यो फोटोमा नेवारी पोसाकमा सजिएका महिलाले एउटा पुरुषलाई दाम्लोले बाँधेर डोर्याएको देख्न सकिन्छ । आज पनि काठमाडौँ उपत्यका अनेकौं प्रकारका भूतप्रेत, बोक्सा–बोक्सीका कथाहरूबाट ओतप्रोत छ । ‘लाग्ने/लगाउने, सल्काउने, विगार गर्ने र फुक्ने/फुकाउने प्रचलनमा कुनै कमी छैन । सरकारले रोक लगाए पनि मान्छेको मन र ब्यबहारमा यी जीवित नै छन् र जीवित रहिरहने छन् ।

मैले केटाकेटी हुँदा ‘बोक्सीहरूले आफ्ना लोग्ने वा मन परेका मान्छेलाई दाम्लोले बाँधेर शनिवार वा औसीका रात्रि पिपलको रुखमा लगी पूजाआजा गर्छन् र आफुले चाहेको काम गराउन सक्ने बनाउँछन्’ भनेर सुनेको थिएँ । बोक्सो भन्दा बोक्सीका किस्साहरू बढी हुन्थे र अहिले पनि तेस्तै छन् ।

म बोक्सा–बोक्सीको वास्तविक अस्तित्व हुन्छ कि हुँदैन ? जानेको छैन । विश्वका धेरै विषयवस्तुहरू खुल्न वांकी छन् । सबैको शरीर मान्छेको झैं पंचतत्व कै हुन्छ भन्ने हुँदैन । सूर्यमा सृष्टिको अस्तित्व हुन सक्छ किनभने दूई लाख डिग्रीको गर्मी पचाउन सक्ने शरीर सजिलैसंग त्यसमा रहन सक्छ । पृथ्वीको चस्माको बुझाई सिमीत छ । भूत, प्रेत, बोक्सी आदिको पनि त्यस्तै हुन् ।

विश्वभरि नै बोक्सी/बोक्साका थुप्रै कथाहरू छन् । बोक्सीबाट विश्वको कुनै समाज अछुतो छैन । मुस्लिम र इसाई धार्मिक विश्वासले बोक्सी नकार्छ तर त्यो समाजमा यसको ठूलै घुसपैठ छ । नेपालका फरकफरक समुदायमा बोक्सी÷बोक्सा वारे फरक–फरक धारणा छन् ।

मेरो उद्देश्य बोक्सीका विषयमा जानकारी दिनु होइन । फोटोको विषयवस्तुलाई अलिफरक ढंगले हेर्ने प्रयत्न हो । आज भन्दा १०० वर्ष पहिला नेपाली समाजले महिलासंग कस्तो ब्यबहार गर्थ्यो र त्यस्तो ब्यबहारको प्रतिकारका रूपमा महिलाहरूले कसरी आफ्नो मनोबैज्ञानिक क्षोभ प्रकट गर्थे भन्ने तत्थ्यसंग सम्बन्धित छ ।

असलमा सधैं पुरुषहरूको दासतामा पिल्सिएको अनुभूति र पीडा पोख्ने क्रममा उनीहरूले कल्पना मै भए पनि वा बोक्सी बनेर भए पनि पुरुषहरूलाई आफुउपर भएको अत्याचारको जवाफ ‘पुरुषलाई नांगेझार पारेर दाम्लोले बाँधेर आफूपछिपछि डोर्याएको’ अनुभूति प्रकट गर्ने गरेको यथार्थ हो । यदि चित्रको निहितार्थ हेर्ने भने ब्यबहारिक रूपले पुरुषमा अधिपत्य जमाउन नसकिए कमसेकम ‘बोक्सी’ का रूपमा अधिपत्य जमाउने मनोविज्ञान झल्किन्छ ।

गुगलमा witch craft भने सर्च गर्यो भने मध्यमकालमा इसाईहरूले महिलाहरू उपर गरेका असंख्य अपराधहरूका कथा र फोटोहरू उभ्रेर आउँछन् । महिलाहरूलाई जिउंदै जलाउने, स्तन निकाल्ने, यौनद्वारमा खुर्सानी, नून छर्ने इत्यादि इत्यादि । पश्चिमाहरूले आज पनि जिप्सी (रामा) समुदायलाई बोक्सीकै प्रतिनिधि ठान्छ ।

मुस्लिम समुदायले पनि बोक्सीका नाममा महिलाहरूलाई नै प्रताडित गरेको लामो इतिहास छ । अहिले पनि मुस्लिम समुदायमा महिलाको कस्तो हैसियत छ, कसैबाट लुकेको छैन । हालै इरान, सिरिया, यमन, अफगानिस्तान, पाकिस्तानमा ‘बोक्सी’हरूलाई ढुंगाले हानेर मारिएका प्रसंग बाहिरिएका छन् ।

साच्चिकै भन्ने हो भने पश्चिमा जगतमा पनि ‘कुरूप तथा बूढी महिला’लाई कूचोमा उड्ने र अर्काको कूभलो गर्ने’ पात्रका रूपमा बुझिन्छ । त्यहाँ पनि महिलाहरू नै कमसल काम गर्ने पात्रका रूपमा चित्रित गरिएका छन् । मैले निजी विद्यालयहरूमा पढाइने धेरै पुस्तकहरूमा कूचोमा उड्ने बोक्सीका कथाहरू पढाइने गरेको भेटेको छु । यो महिलाप्रतिको हिंसालाई प्रोत्साहन नै हो त्यसमा पनि बूढाबूढीप्रतिको अपराध नै हो ।

बोक्सो होस् अथवा बोक्सी/बोक्सोको रूपमा साधारणतया निर्धन, एकल, रोगी वा बृद्धवृद्धाहरू आरोपित हुन्छन् । नेपाली समाजमा त कमसेकम यी समाजभित्रका पात्र हुन्छन् तर पश्चिमाहरूले यस्ता बूढाबूढीहरूको निवास गूफा, कन्दरा वा पुराना दरवारमा हुने बताएर असामाजिक नै बनाएको छ । त्यही भएर होला बोर्डिंग स्कूलमा पढेका बालबालिकाहरूमा आफ्ना हजुरवा हजुरआमाको काखमा बस्न र खेल्न क्रमसः कमी आएको छ ।

जे–होस्, यो फोटोले नेपाली समाजको पुरुषप्रधान सोच विरुद्ध महिलाले प्रकट गरेको मनोबैज्ञानिक ब्यथा प्रकट गरेको छ । यस्तो सोच प्रकट हुनुमा पुरुषहरूले महिलाप्रति गरेको हैकमको चरम ब्यबहार जिम्मेदार छ । आज समय वदलिएको छ तर पनि सोचका अवशेषहरू छन् ।

एउटी महिलाका लागि उसको लोग्ने नै भगवान् हुन्छ भन्ने मान्यता रहेको समाजमा आफ्ना ‘भगवान’लाई दाम्लोले बाँधेर पशुसरह हिडाउनु चानचुने घटना होइन । ब्यथाको उत्पत्ति हो वा पुरुषसमाजउपर सम्पूर्ण प्रभुत्व जमाउन खोजेको मनोवृति ? पाठकहरूले नै जवाफ दिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ