नत्र त हाम्रो बानी एकथरी रङ्ग मात्रै देख्ने बनेको छ



नारायण गाउँले ।

पचास जनाभन्दा बढ़ी सांसद निर्वाचित हुँदा नेपाली कांग्रेसबाट जम्मा एक जना महिला निर्वाचित भइन् । दलित समुदायबाट त शून्य नै भयो ।
कांग्रेस मात्रै होइन, अन्य सबै दलको अवस्था उस्तै उस्तै छ । ओली होऊन् कि देउबा, २५ जनाको मन्त्रिमण्डलमा जम्मा दुई जना महिला मन्त्री भएको हामीले देख्यौं नै ।

क़ानुनत: ३३% महिला पुऱ्याउनै पर्ने हुनाले मुख्य दलले समानुपातिक सिट जति सबै महिलालाई दिनुपर्ने अवस्था देखिन्छ । यसले गर्दा दलितदेखि थारू समुदायसम्मको पुरुष प्रतिनिधित्व एकदम कम हुन जाने देखिन्छ । यस्तोमा रेशम चौधरीको पार्टीलाई भोट नदिएर थारूहरूले कसलाई देऊन् ? क्षेत्रीय र जातीय दल जन्माएको तिनले होइन, हामीले हो । हामीमात्रै बाठा र हामीमात्रै योग्य भन्दै जम्मैँ आफैले राख्न खोज्दा हो । सद्भाव चाहिँ भइरहोस् तर प्रतिनिनिधित्व चाहिँ हामीले मात्रै गरिरहौँ भन्ने सोच छ हाम्रो ।

धन्न समानुपातिकको व्यवस्था छ र त्यसबाट कम्तिमा महिला प्रतिनिधित्व सम्मानजनक हुने देखिन्छ । त्यो पनि प्रत्यक्षमा शून्य बराबर भएकाले ३३% पुग्ने देखिन्न । कानुनमैं नलेखिएको भए र सजिलै फेर्न मिल्ने भए त्यहाँ पनि पुरुष मात्रै हुने थिए ।

माओवादी द्वन्द्वले दिएको घाउ नपुरिने खालको छ । देशले बेहोरेको आर्थिक-भौतिक र मानवीय क्षति अवर्णनीय छ तर यसले सीमान्तीकृत समुदायमा जुन स्तरको चेतना र आत्मविश्वास भरेको थियो, जसरी मूलधारमा ल्याएको थियो र बोल्न सक्ने बनाएको थियो त्यही काम हामीले पहिल्यै गरेको भए शायद त्यो द्वन्द्वमा एउटा मान्छे पनि मिसिने थिएन । तपाईं हामीले भन्दै आएजस्तै धेरै कुखुरा चोर थिए होलान्, तर ‘मुक्ति’ भन्ने एउटा शब्दकै लागि होमिने पनि पक्कै थिए । संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था राख्न कुनै बेला माओवादी भन्ने दल कांग्रेस र एमालेविरुद्ध एक्लै लडेको थियो । आज त्यो व्यवस्था नभएको भए संसदमा १० जना महिला पनि नहुने रहेछन् । यो त आँखै अगाडिको यथार्थ हो नि !

हो, त्यो समानुपातिक आरक्षणबाट नेताकै छोराछोरी र बुहारी धेरै पुगे होलान्, तर आत्मा साक्षी राखेर हेर्नुभो भने सबै बुहारीमात्रै त्यहाँ पुगेका छैनन् । यो व्यवस्था नभएको भए सड़कमैं सीमित हुनसक्ने कैयौँ व्यक्ति तपाईंले सजिलै भेट्न सक्नुहुन्छ । आफ्नो आस्था, विचार र आदर्शको बचाउमा गरिने रङ्गीन तर्कको कुरो अर्कै भयो ।

यो माओवादी दलको प्रसंशा होइन । त्यो दल आज आन्दोलनमा छैन, व्यापारमा छ । लगानीको चौबर उठाउन खोज्ने कालो व्यापारी छ । तर इतिहासलाई निर्मम र निरपेक्ष बनेर हेर्नु र सिक्नु जरूरी छ । नत्र त हाम्रो बानी एकथरी रङ्ग मात्रै देख्ने बनेको छ । कि संसारकै राम्रो, कि संसारकै खत्तम !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध विमानस्थल सञ्चालन नहुँदा निजी क्षेत्रको अर्बौंको लगानी डुब्ने अवस्थामा

भैरहवा । जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ

असह्य यौन यातना : कानून छ, न्याय छैन

विश्वका कैयन् देशमा वैवाहिक बलात्कारलाई कसूर मान्ने कानून नबन्दै नेपालमा विवाहपूर्व वा पछि;

संसदको शून्य र विशेष समयमा उठेका विषयमा मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने

काठमाडौं । नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकले शून्य र विशेष समयमा उठेका

नेपालको सङ्क्रमणकालीन न्याय सम्बन्धमा अमेरिकी उपमन्त्री नुल्यान्डको चासो

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका