मायाभित्रको माया



डा. गोविन्दशरण उपाध्याय ।
आचार्य शङ्करले संसारलाई “माया” भनेका छन् । मायाको अर्थ प्रेम, सहयोग, शक्ति, सुन्दरता र आकर्षण हुन्छ । धेरैले “माया” अर्थ भ्रम वा छल लगाए । तर आचार्य शङ्करले संसारलाई जस्तो भोगेका थिए त्यस्तै भने । संसारको हरेक प्राणी एकअर्काको माया, ममता तथा सहयोगमा निर्भर छ । मेरो अस्तित्व पनि मेरा आमाबा, छिमेकी, सहयोगी र मित्रहरूको “माया”ले सुरक्षित छ । यदि संसार मायालु नहुँदो हो त मान्छेको अस्तित्व असम्भव हुन्थ्यो । जुनसुकै प्राणीले आफ्नो सन्तानलाई “माया” गर्छन् । यही “माया”ले भविष्यको प्राणी सुरक्षित हुन्छ । हरेक मान्छेको मनमा “माया” छ त्यसैले विश्वको वर्तमान र भविष्य सुरक्षित छ । विगतको “माया”ले हामी सुरक्षित र खुसी छौँ भने हामीभित्रको सुन्दर मनको मायाले भविष्यको विश्व सुरक्षित छ ।

शंकराचार्यले “माया” अनिर्वचनीय भनेका छन् । ठीकै भनेका छन् किनभने माया नाप्न, जोख्न वा वस्तुझैं विनिमय गर्ने वस्तु होइन । विश्वका हरेक प्राणीभित्र माया छ किनभने अस्तित्वनै कसैको मायाले निर्मित भएको हो माया अनुभव गर्ने र अभिव्यक्त गर्ने अचम्मको भावना हो विश्वका धेरै मान्छे खुसी छन् किनभने तिनमा मायाको निरन्तरता छ । विश्व सुन्दर छ किनभने हरेक मान्छेले अर्को मान्छेलाई माया गर्छ, प्रेम गर्छ, सुखदुःखमा सहयोग गर्छ । मैले हरेक क्षण कसैलाई माया गरिरहेको हुन्छु भने मैले पनि माया प्राप्त गरिरहेको हुन्छ । माया “अचित्य” किनभने हरेक प्राणिभित्र मायाको सागर छ, हरेक व्यक्तिले हरेक पल मायाको अमृत बाँडिरहेको छ । कृषकले विश्वलाई माया गरेर अन्नको उत्पादन गरिरहेको छ । चिकित्सकले विश्वलाई माया गरेर मान्छेहरूलाई रोगमुक्त गर्ने प्रयत्न गरिरहेका छन् ।

आमाले आफ्ना बालबालिकाको हेरविचार गरेर भविष्यका लागि “माया”को घर निर्माण गरिरहनुभएको छ । मेरा वाको अनन्त मायाले गर्दा मैले आफ्नो अनुभव गर्ने अवसर प्राप्त गरिरहेको छु । माया “सर्वव्यापी” छ किनभने यो सबैमा व्याप्त छ । हिंस्रक बाघले आफ्ना डमरुहरूलाई माया गर्छ, अहिंसक मान्छेले आफ्ना दूधे बालबालिकालाई माया गर्छन् । मान्छेलाई मृत्युदण्ड दिनेहरूको मनमा पनि माया छ त्यसैले आफ्नो “नाति”लाई काखमा लिएर खुसी हुन्छ । मैले हरेक मान्छेमा घृणा, झूट, हिंसा, असहयोग, धोकाजस्ता नकारात्मक कर्म भन्दा सहयोग, समानानुभूति, दया, करूणा, दानजस्ता सकारात्मक (यी सबैको समग्र नाम नै माया हो) कर्महरूको बर्चश्व देखेको छु, भोगेको छु र मेरो वरिपरी रहेका र मलाई चिन्दै नचिन्ने व्यक्तिको करूणा र मायाका कारण जीवन यापन गरिरहेको छु । भगवान् शंकराचार्यको करूणाले द्रवित भएको मनभित्रको “माया”लाई नबुझ्नेहरूले माया नै भ्रम हो भनेर कमसल बूझे ।

जीवन सबैको लागि प्यारो हुन्छ । रोग र मृत्यु कसैको रोजाई हुँदैन । स्वार्थ पनि मायाकै आत्मकेन्द्रीत अभिव्यक्ति हो । स्वार्थ मान्छेको प्राकृतिक चेतना हो । मान्छे स्वार्थी हुन्छ किनभने ऊ आफ्नो सुरक्षा सुनिश्चित गर्न चाहन्छ । किनभने ऊ अन्यको तुलनामा बढी सुखी र खुसी हुन चाहन्छ । कुनै मान्छेले आफु र आफन्तलाई बढी माया गर्छन् र अन्य केहीले आफुभन्दा बढी अर्कोलाई माया गर्छन् । आफ्नो शरीर, आफन्त तथा सहयोगीहरूको लागि स्वार्थी सबै हुन्छन् किनभने हरेक मान्छेले यिनैबाट मायाप्राप्त गरिरहेको हुन्छ ।

जव आफु र आफन्तको लागि आवश्यकता भन्दा बढी सुख र खुसी खोजेर कर्म गरिन्छ, त्यो स्वार्थको विकृत स्वरूप हुन्छ जव यही स्वार्थ जीवनयापनका लागि हुन्छ त्यो सहयोग बन्छ । आवश्यकता भन्दा बढी यदि सहयोग गर्नु स्वार्थ हो, आवश्यकता अनुसारको माया गर्नु सहयोग हो । माया गर्नेहरू सहयोगी हुन्छन् र स्वार्थीहरू पनि मायालु हुन्छन् । त्यहाँ मायाको कोण फरक हुन्छ, अभिव्यक्ति फरकतवरले हुन्छ । माया मान्छे र अन्य प्राणिभित्र रहेको सबैभन्दा उच्चतरको अमृत चेतना हो । जव मान्छेले मायालाई केवल “सेक्स”को अर्थमा बुझ्दछ, अनि माया माया नभएर मृगतृष्णा हुन्छ । धनका लागि, सेक्सका लागि, अन्य स्वार्थका लागि मरिमेट्नेहरूको लागि माया त्रासदी नै हो । आचार्य शङ्करले मायाको स्वार्थमुलक अर्थ लगाएर दुःख पाउनेहरूलाई संज्ञानात्मक शिक्षा प्रदान गरेको छ ।

वेदमा मायाका बीजहरू छन् । उपनिषद्ले मायाका विषयमा बढी व्याख्या गरेका छन् । पूराणहरूमा मायाको जादुई स्वरूपको वर्णन छ । वेदले भने माया आकर्षण, प्रेम, तथा मिठो चाहना हो, संसारलाई रमाइलो देख्ने भावनात्मक आँखा हुन् । उपनिषदहरूले मायाको अर्थ जादुई (Mirage) पर्दाका रूपमा गरेका छन् । मायालाई बन्धन, अज्ञान, भ्रम तथा अनिवर्चनीय मान्ने उपनिषद् हुन् । इन्द्रजाल, मायाजाल जस्ता विचारहरू मायालाई व्यक्त गर्ने शब्द हुन् । उपनिषद र पुराणहरूले मायालाई ईश्वरीय शक्तिका वा ईश्वर तथा जीवका वीचमा अवरोधक शक्तिका रूपमा व्याख्या गरेका छन् ।

आचार्य शङ्करलाई धेरैले मायावादी भन्ने आरोप लगाएका छन् किनभने अद्वैतवेदान्तमा मायाको स्वभाव, स्वरूप तथा क्रियावारे चर्चा गरिएको छ । आचार्य शङ्करले मायाको रहस्यमय व्याख्या गरेर सुरुचिपूर्ण बनाएका हुन् । पछिल्ला दार्शनिकहरूले जस्तै रामानुजले मायालाई भगवानको शक्तिका रूपमा मान्यता दिएका छन्, निम्वार्क, मध्व तथा आदि भक्तिवादी दार्शनिकहरूले मायालाई ईश्वरीय शक्तिका रूपमा व्याख्या गरेका छन् । पछिल्लोपटक स्वामी विवेकानन्दले पनि मायालाई ईश्वरीय शक्ति,भगवान र भक्तका वीचको मिलन सूत्रका रूपमा बुझ्ने आग्रह गरेका छन् ।

नेपाली समाजमा धेरै केटी मान्छेको नाम नै माया हुन्छ । यदिकुनै अभिभावकहरूले आफ्ना बालबालिकाहरूको नाम माया राख्छन् भने मातापिता, परिवारका सबै सदस्यहरू समवेत प्रेमको अभिव्यक्ति हो । अंग्रेजी मनोविज्ञानमा माया र मायालु शब्दसंग मेल खाने शब्दहरू खोज्न सजिलो छैन । अंग्रेजीको लभ, अटेचमेन्ट आदि शब्दले सेक्सलाई बढी प्रतिनिधित्व गरेको पाइन्छ । वैदिक ऋषिहरूले बुझेको माया नामक भावनात्मक खोज मनुष्यप्राणीका लागि वरदान हो । यदि वैदिक अर्थमा मायाको समग्रता बुझ्ने हो भने यो प्रेमको सर्वोच्च अभिव्यक्ति हो । मैले संसारलाई माया गर्छु, मलाई संसारले माया गर्छ । संसारमा माया अर्थात् प्रेम, सहयोग, करूणा, विनम्रता, विवेकशीलता, दयालुपन तथा उपकारआदिको समग्र नाम हो । नेपाली गीतको “माया विनाको संसार नमीठो हुन्छ” अर्थपूर्ण ठान्छु । हामी सबैले एकअर्कालाई प्रेम गरौँ, माया गरौँ ।
स्वस्ति अस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।