स्वदेशी र विदेशी उद्योगी..



डा. गोविन्दशरण उपाध्याय ।
नेपाल सरकारले नेपाली उद्योगपतिहरूको संरक्षण गर्नुपर्ने ठाउँमा विदेशी उद्यगपतिसँग मिलोमतो गरेको बढी बुझिन्छ । नेपाल मूलका उद्योगपतिहरूले विदेशमा गएपनि नेपाल र नेपालीको भलोका लागि काम गर्छन् तर विदेशी मूलका उद्योगपतिहरूले आफ्नो जन्मभूमिका र आफ्नो परिवारका लागि मात्र काम गर्छन् । नेपाल र नेपालीप्रति भन्दा उनीहरुको माया धन कमाउनेतिर हुन्छ । मैले धेरै पटक अनुभव गरेको छु कि विदेशी मूलका उद्योगपति आफ्नो मूल रहेको देशका पक्षमा सधैं त्याग गर्न तयार हुन्छन् र नेपाललाई घाटा लाग्ने व्यापारका पक्षमा समेत लवी गर्छन् ।

व्यापारीले पैसा कमाउन व्यापार गर्छन् – यो सत्य हो तर यदि व्यापारी नेपालमा जरोकिलो भएको छ भने उसले नेपालनै अनेकौं उपकार मूलक काम गर्छन् । मैले केही विदेशी मूलका व्यापारीहरुले निर्माण गरेका धर्मशालाहरूमा नमीठो अनुभव गरेको छु । यदि तपाई विदेशी मूलको हुनुहुन्छ भने सम्मान गरिन्छ तर यदि नेपाली मूलको हुनुहुन्छ भने तिरस्कारको नजरले देखिन्छ । पहिलो कुरा त ती धर्मशालाहरूमा नेपालीहरूलाई ठाउँनै हुँदैन भयो भने हेय नजर पचाउन गारो पर्छ । धर्मशाला भनेपछि सबैको लागि हुनुपर्छ । नेपाली मूलका उद्योगपतिले निर्माण गरेका सार्वजनिक ठाउँमा भेदभाव अनुभव हुँदैन ।

नेपाली उद्योगपतिले पैसा कमाए नेपालमा खर्च गर्छन् । विदेशीले पैसा कमाए विदेशमा लैजान्छन्, यो छूट नेपाली कानूनले दिएको छ । विदेशीहरूले घाटा भए व्यापार वन्द गर्छन् र आफ्नो देश फर्कन्छन् तर नेपाली उद्योगपतिले नाफा र घाटा यहीं भोग्नुपर्छ । मैले केही विदेशी उद्योगपतिले नेपालका बैंकहरू लुटेर छिमेकी देशमा उद्योग संचालन गरिरहेका छन् भन्ने सुनेको छु, विदेशीहरूमा बैंकहरूले नेपालीहरूको तुलनामा बढी विश्वास गर्दा यस्तो अवस्था आएको हो भन्ने कुरामा शंका छैन ।

भन्नका लागि सरकारहरूले स्वदेशी उद्योगपति र उद्योगलाई प्रश्रय दिनुपर्छ भन्न तर व्यबहारमा उल्टो छ । नेपालको थोक बजार विदेशीहरुको हातमा छ । यदि कुनै नेपालीले तिनको उद्योगमा चुनाती दिन चाह्यो भने नेपाली नेताहरूसंग मिलेर विदेशीहरूले नेपाली उद्योगपतिलाई सिध्याउने गर्छन् भन्ने कुरा नेपाली व्यापारीहरू बीच आम छ । विदेशी व्यापारीहरूले सिन्डिकेट नै खडा गरेर (सबै मिलेर घाटामा व्यापार गर्ने नेपाली व्यापारीलाई दिवालिया बनाउने अनि घाटा खाएको रकम दामासाहीले सहने) गर्छन् भन्ने उदहारण सहित एकजना मित्रले मलाई सुनाउनु भएको थियो । सरकारका मन्त्रीहरू र उच्चअधिकारीहरूलाई यो कुरा को जानकारी हुन्छ तर सुनको चम्चाले मुखमा हानेपछि सबै कुरा चूप भन्ने सुनिन्छ ।

चिनियाँ होस् वा भारतीय विदेशी व्यापारी विदेशी नै हुन् । उनीहरूले नेपाल र नेपालीका लागि व्यापार गर्छन् भन्ने मैले सोच्न सक्दिन । कानूनले व्यापार गर्ने, नाफा कमाउने र नाफाको पैसा घर लैजाने अनुमति दिन्छ । नेपाली व्यापारीको पैसा नेपाल र नेपालीका लागि हुन्छ । उदाहरणका लागि सुमार्गी परिवारले पशुपतिनाथको मन्दिर परिसरमा निर्माण गरेको सार्वजनिक भवनलाई लिन सकिन्छ । नेपाली उद्योगपतिको पैसाले नेपालीहरूले सुविधा प्राप्त गरेका छन् । सुमार्गीमात्र होइन, अन्य नेपाली मूलका उद्योगपतिहरूले गरे/गराएका सार्वजनिक उपकारका कार्यहरूको सरकारले र नागरिकहरूले लेखाजोखा राख्नुपर्छ र उहाँहरूको सत्कर्मको लागि सहयोग गर्नुपर्छ ।

मैले विदेशीमूलका उद्योगपतिहरूले नेपालका लागि गरेका उपकारकर्महरूको अवज्ञा गर्दिन तथापि नेपालीमूलका व्यापारीहरूको तुलनामा विदेशीहरूले स्थायीप्रकृतिका संरचनाहरू निर्माण गरेर राष्ट्रलाई दान गरेको उदहारण भेटिन्न । यदि कुनै धर्मशाला, अस्पताल, विद्यालय वा अन्य सार्वजनिक कुरा निर्माण गरेका पनि छन् भने ती सबै “जातीय“ पहिचानसंग जोडिएका छन् । यस्तो हुनु कमसल होइन तर त्यहाँ नेपालीहरूप्रति गरिने/हुने भेदभावको उपभोक्ता म पनि हुँ ।

मैले धेरैजसो नेपाली उद्योगपति र उद्योग आरम्भ गर्न खोज्नेहरूका लागि नेपाली राजनैतिक नेतृत्व, कार्यक्रता तथा सरकारी तन्त्र मैत्रीपूर्ण छैन भन्ने सुनेको छु । विदेशीले व्यापार गर्न लाग्दा रातो कार्पेट ओछ्याएर स्वागत गर्ने तर नेपालीका लागि अनेकौं नीतिगत तथा स्वार्थका तगाराहरू तेस्र्याउने गतिविधिले देशको सर्वोदय हुँदैन । ठूलोहोस् वा सानो सबै नेपाली उद्योगिहरूलाई संरक्षण दिने काम सरकारले गर्नुपर्छ ्र स्वदेशी होस् वा विदेशी गल्ती गर्नेलाई दण्डित गर्नुपर्छ तर उहाँहरूलाई निरुत्साहित गर्नु हुँदैन ।

मुखले नेपाली उद्योग र उद्योगपतिहरूको संरक्षणको कुरा गर्ने तर व्यवहारमा केवल विदेशी व्यापारीलाई “पोस्ने“ नीतिहरूको अन्त्य नभएसम्म देशको उन्नति हुँदैन । हरेक देशले आफ्नो भलोका लागि काम गर्छन् र नेपालले पनि आफ्नो स्वार्थलाई मूलमा राखेर अडानपूर्वक काम गर्नुपार्छ । नेपाली जनताको उन्नति भनेको सरकारको उन्नति हो, नेपाली जनताको अवन्नति भनेको नेपालको अवन्नति हो । त्यसैले सरकार, नेपाली उद्योगीहरूले एकआपसमा समन्वय गरेर काम गर्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका