डा. गोविन्दशरण उपाध्याय ।

आमा शब्दमा एउटा मोहनी, आफ्नोपन छ, प्रेम छ र आर्कषण छ | विभिन्न थरिका मायाहरू मध्ये आमाको माया अब्बल ठानिन्छ | आमाको माया आमाले गर्ने मायाझैं हुन्छ भन्ने वाहेक अर्को विकल्प छैन |

जवसम्म आमा हुनुहुन्छ घर हुन्छ, गाउँ हुन्छ, झोपडी नै भए पनि सबै दाजुभाइ, दिदीबहिनीहरू एउटा आँगनमा जम्मा हुन्छन् | आमाको मायाको छहारीमा विग्रेका मनहरू सम्बन्धहरूमा पुन: मीठास भरिन्छ |

आधुनिकताले निम्त्याएको जटिलतामा “मातृदेवो भव” भन्न सजिलो छ तर तेसको पालना गर्न सजिलो छैन | मनमा माया लाग्छ तर व्यबहारमा सेवा गर्न सजिलो छैन |

आमालाई शहर मन पर्दैन शहरमा नवसी मेरो चूल्हो बल्दैन | तर आमासंग हरेक दुई-तीन दिनमा फोनमा संवाद गर्छु, भान्छामा के पाकेको छ भनेर सोध्छु, र “मलाई पनि दिनु न” भनेर मोबाइल मै जिस्किन्छु र गाउँतिर कस्तो छ भनेर जानकारी लिन्छु |

आमासंग जिस्किनुको मजा संसारमा अरू कहीं मिल्दैन | मेरो लागि आमा मात्रै संसारमा एस्तो व्यक्ति हो जससंग म केटाकेटी बनेर जिस्किन सक्छु, झर्किन सक्छु र आफ्ना भावनाहरू जस्ताको तस्तै पोख्न सक्छु | अरूसंग खोल्न र बोल्न नसक्ने कुराहरू आमासंग पोखेर सहज हुन्छु |

आमा भने हरेक पटक एउटो शब्द भन्न विर्सनु हुन्न “बाबु ! तिमीहरू घर कैले आउँछौं ? ” यसरी नै आमाको आशिर्वाद र माया हामी सबै दाजुभाइ तथा दिदीबहिनीका लागि प्राप्त भैरहोस् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
द्वन्द्व व्यवस्थापनमा राज्यमात्रै नभई नागरिक समाज र समाजका हरेक व्यक्तिको उत्तिकै भूमिका हुन आउँछ

-सन्तोष पौडेल समाज द्वन्द्वबाटै निर्माण भएको हुन्छ । बिनाद्वन्द्वको समाजको परिकल्पना साम्यवादमा मात्रै

कांग्रेसको संस्थापन पक्षबिरुद्ध चलाइरहेको संघर्षका पछाडिको उद्देश्य के ?

मोहनबिक्रम सिंह । अहिले नेपाली कांग्रेसभित्र तीव्र संघर्ष चलिरहेको छ । त्यो अन्तरसंघर्षसित

आज देशमा मानिसको ज्ञान विज्ञान र चेतनाद्वारा निर्देशित भएन

डा. युवराज संग्रौला । आचरण विनाको ज्ञान र ह्यान्डल विनाको कराइ उस्तै हुन्