सबै मिली यो भाइरसबिरूद्व जित हासिल गरौँ



बिनय कुमार गौतम ।

समय सँग सँगै बर्ष पनि फेरीदै जान्छ तर हरेक फेरीदै गएको बर्षले नया इतिहास रच्दै जान्छ । २०७६ साल अन्त भएर २०७७ सालले पाइला टेकेको छ । यसरी नव बर्षको आगमन सँगै अहिले विश्व जगतमा मानव जातिको लागि डर बनेर कोरोना भाइरसले बिश्व भ्रमण गर्दैछ । यो भाइरस सन् २००२ देखी २००३ मा पहिलो चोटि देखेको सार्सको दोश्रो संस्करण भन्दा पनि फरक पर्दैन । यो भाइरस चिनमा २०२०जनवरी- २०२०फेव्ररी देखि हुबेइ प्रान्तको वुहान भन्ने शहरबाट फैलिरहेको भन्ने साह्रा मानब जातीलाई अवगत नै छ । संसारको १ २ वटा देश छोडेर अन्य देशमा यो भाइरसले कोलाहल मच्चाइरहेको छ । अहिले सम्म यो भाइरस बिरूद्व भ्याकसिन बन्ने सम्भावना देखिएको छैन । यो भाइरसले डरलाग्दो महामरीको रुप लिएको छ ।

संसारभर यो भाइरसले एकदम ठुलो मानव संहार मचाएको छ भने १ लाख भन्दा बढि मानवको ज्यान लिसकेको छ र झण्डै बीस लाख मानव जीवनको रोगबाट ग्रस्त छन । नेपाल को छिमेकी राष्ट्र चिनबाट सुरु भएको यो भाइरसले शुरू शुरूमा चिनको वुहान भन्ने ठाँउमा तमाशा मच्चाएको थियो भने चिनमा ८४ हजार भन्दा बढी मान्छेहरु यसबाट शिकार बनिसकेका छन र करीब ३३०० मनुष्यको यो भाइरसबाट मृत्यु भइसकेको अबस्था छ । चिनको आधुनिक उपकरण र जनता बिच जनता माया , सद्भावना , सहनशिलता र एकता को कारण चिनले शुरूवाती क्षणमै यो भाइरस माथि नियन्त्रण गर्न सफल भएको छ ।
यो भाइरस चिनमा नियन्त्रण ल्याउन मुख्य भुमिका चिनका जनता , सुरक्षाकर्मी , स्वास्थकर्मी लगायत राष्ट्रपति सिले खेलेका थिए । उपकरण र यन्त्रहरुको उपयोगिता सम्पुर्ण चिनीयाहरूको मेहिनत र राज्यले लिएको रणनिती लकडाउन जस्तो कुराले पनी धेरै महत्वपुर्ण भुमिका खेलेको छ । नेपालमा करीब १७ जनालाई कोरोना सन्क्रमण देखेको छ जस्मा एक जना निको भएको र १६ जना उपचारत छन ।
नेपालले सबै भन्दा ठुलो पाठ चिन बाट के सिक्यो भने यो विषम परिस्थितिमा एकता नै बल हो भन्ने नेपाली जनताले मनन गरेका छन् । राज्यले शुरूवाती समयमै लकडाउन गर्नाले देशलाई सुरक्षित राख्न मुख्य भुमिका खेलेको छ भने बैदिक र धार्मीक नजरले हेर्दा नेपालको बायु र उर्जाले मुख्य भुमिका खेलेको छ । त्यस्तै अर्को छिमेकी राष्ट्र भारतमा अहिले यो भाइरसले कोलाहल मच्चाउन शुरूवात गरेको छ । करीब दशौ हजर बढी सन्क्रमित भएका छन भने कैयौनले मृत्युबरण गरिसकेको छ । संसारको अाधा बढी जनसंख्या चिन र भारत मा छ । र त्यहि दुई देशको बिचमा नेपाल बिराजमान छ । । यस्तै परिस्थिति बढ्द‌ै गयो भने नेपालमा भोकमरी न लाग्ल भन्न सकिदैन ।
दैनिक खध्यान्न ठूलो मात्रामा नेपालि जनताको लागि भारत बाट नेपाल भित्रीने गर्दछ , खाना पकाउने चामल देखी नुहाउने साबुन सम्म भारतबाट आयात हुने गर्छ । हामी नेपालीले सजिलै कोरोना बाट जित हासिल गर्न सक्किन्छ भन्नु हाम्रो लागि दुर्भाग्यपूर्ण हुन जान्छ । भोक भन्दा ठुलो केहि छैन यो संसारमा र जब नेपालमा खाध्यान्न संकट हुन्छ तब तब समाजमा भयानक अराजक फैलिन सक्नेछ ।
नेपाल मात्र हैन संसारको हरेक देशमा खाध्यान्न संकट निश्चित देखियको छ । सरकार चलाउन बसेको सरोकारवालाहरुले यो बिषयमा गहन अध्ययन होला तर जनताको अगाडि यस्तो कुरा ल्याएर मनोबल खस्काउन चाहँदैन जसको असर सोझै सरकारलाई पर्न सक्छ । बिश्वको हरेक देशको अर्थतन्त्र इतिहासकै कालखण्डमा निकै अप्ठ्यारो स्थितिमा अाई परेको छ । एउटा आँखाले देख्न नसक्ने भाइरस ले सारा संसार को अउकात देखाइ छर्लङ्ग पारिदिएको अबस्था छ ।
सर्व शक्तिशाली देश अमेरिका जस्तोलाई नि यो भाइरस ले रूनु कि हास्नु बनाइदिएको छ । करीब ५ लाख माथि मानिस अमेरिकामा यो भाइरसको सिकार भइसकेका छन भने २३ हजार बढिले ज्यान गुमाइसकेका छन । युरोप तिर पनि यो माहामारी आतंक मच्चाएर हजारौको ज्यान लिईसकेको छ। यो भाइरसले धेरै देशलाई एउटा शिक्षा पनि सिकाएको छ । लाखौ मानिस एकै चोटी सिद्धाउने बम हुनु भन्दा मानिसको जीवन बचाउने अस्पताल ठिक भन्ने धेरै देशले बुझिसकेका छन । एक हिसावले हेर्ने हो भने सारा संसारको बन्द आँखापनि यहि भाइरसले खोलिदिएको छ।
सायद मानव जातीले सोच्नै न सक्ने परिवर्तन यो महामारी न ल्याउला भन्न सकिदैन । शक्तिशाली देशहरुको घमण्ड , अहमता , स्वार्थ अनि औकात पनि यो माहामारी प्रस्ट्याई दिएको छ । यसरी नै भाइरस फैलिदै गयो र अमेरिकाले नियन्त्रण गर्न सकेन भने यहि भाइरसको कारणले अमेरिकाको सर्व शक्तीशालीको ताज खोसिएर चिन तिर सर्ने छ र चिन संसारको सर्व शक्तिमान देश बन्ने छ । चीनले अमेरिका सहित कारीब २०० देश लाई साथ र सहयोग गरिसकेको छ । अमेरिकाको राष्ट्रपतीको मुर्खता अनावश्यक टिप्पणी , अहमताले गर्दा नै अब पश्चिम को शक्ती पूर्वमा सर्ने ठम्याइ छ । यो भाइरसलाई राजनीतिक हिसाब ले हेर्नु गलत हो तर अन्तमा सत्यता यही हुने छ ।
हामी नेपालीले सिक्नु पर्ने पाठ के हो भने पैसा , लालच , इर्ष्या र स्वार्थ भन्दा ठुलो मानवता हो । नेपाल यस्तो अवस्थामा छ कि जनता जिल्ल नेता चिल्ला देखिएक छन । यस्तो माहामारी फैलिदै गएको बेला जनताको मनोबल गिर्ने प्रथम काम राज्य को राज्यसन्चालकहरुले नै गरी रहेक छन । गरीब को घरमा आगो बलेको छैन तर धनीले राहत समाति रहेका छन्, गरीबलाई एक छाक खाने पैसा छैन भने जनता को नाममा अर्वौ भर्ष्टचार गर्ने मुख्य पात्रहरुले देश चालकको वरिपरी बसेर मस्ती गरिरहेका छन् । गरीबले पानी पिउन पाउँदैन तर राज्यको नेता आसेपासे , सुसारे , चिप्लेहरुको सामाजिक सन्जालभरी मासु र रक्सीको तस्बिरले भरेको देखिन्छ ।
अर्वौं कमौउने अरबपती हजार कमाउन कालोबजार गर्दागर्दै समातिन्छन भने तेही कालो बजारियालाइ ढोग्न गरिब जनताहरु छोडेर नेताहरु लम्पसार परिरहेका हुन्छन । जनताको गास बास र कपासमा कसैले चासो राखेको देखिदैन । दिन रात नभनि सुरक्षामा खटेका दाजुभाई तथा दिदि बहिनीहरुको तलब काटिन्छ तर त्यो भ्रष्ट्चारी नेताले बिरलोले गु लुकाएको जस्तो लुकाएको पैसा काम लागेको देखिदैन यो भाइरसले पुरै बिश्वको आउकात देखाइ सकेको समयमा राज्यका दलालहरुको पनि मनमा ढ्याङ्ग्रो हानी सकेको छ ।
यदि यो भाइरस नेपालमा अरु देशमा झैँ फैलियो भने यहाबाट यी दलाल नेता , नेताको आसेपासे , सब देश छोडेर भाग्ने छन । १७ बाट बढेर १७००० संक्रमित भयो भने नेपाल तहस नहस हुने छ । त्यसैले बेलैमा हामीले उच्च सतर्कता अपनाउनु पर्ने हुन्छ । राष्ट्रको एकता नै सर्व शक्तिसाली हो त्यसैले हाथ खुट्टा मज्जाले धुनु र घरबाट बाहिर ननिस्की सामाजिक दुरी बनाउनु न‌ै बुद्विमता हो । सबै मिली यो भाइरस बिरूद्व जित हासिल गरी दलाल , चोर तथा फटाहा नेतालाई बहिस्कार गरौँ ।
देशको सम्पूर्ण सुरक्षाकर्मी , सेना , प्रहरी , स्वास्थ्यकर्मी लगयत जो जो दिनरात नभनी भाइरसको डर नगरी जनतालाई सुरक्षा दिई रहनु भएका सबैलाई कृतज्ञता ब्यक्त गर्न चाहन्छु । सलाम !
जय व‌ैदिक सनातन हिन्दु अधिराज्य ।।
जय पशुपतिनाथ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असल कामको प्रशंसा र गलतको निन्दा गर्ने साहस हुनुपर्छ

हरिप्रसाद रिमाल । ‘येनाहं नामृता स्यां किमहं तेन कुर्याम् ’ (जसलाई लिएर वा

विवाद पर्दा धर्म सम्झौं

डा. गोविन्दशरण उपाध्याय । विवादे धर्ममनुस्मरेत् (चासू–४७०) वादविवाद वा झगडाका वखतमा धर्म सम्झनु

सद्गुण नै धर्म हुन् !!

डा. गोविन्दशरण उपाध्याय । कदाचिदपि धर्मं निषेवेत (चासू ४०९०ः कुनै पनि परिस्थितिमा धर्मको

वेद भित्र, वेद वाहिर

डा. गोविन्दशरण उपाध्याय । न वेदः बाह्यो धर्मः वेदले सुझाएको धर्म (सत्कर्म) वाहेक