टेलिभिजनमा मास्क लगाएर समाचार पढेको त यताका लागि अद्भुत दृश्य हो



डोनाल्ड ट्रम्पमात्रै होइन, पश्चिममा ‘क्लिनिकल एरिया’ बाहेक अन्यत्र मास्क लगाउने चलन खासै छैन । बेलायती प्रधानमन्त्री जोन्शन हुन् या रसियन राष्ट्रपति पुटिन, तिनले अन्तर्वार्तादेखि भेटघाटसम्म मास्क लगाएको बिरलै देख्न पाइन्छ । अझ टेलिभिजनमा मास्क लगाएर समाचार पढेको त यताका लागि अद्भुत दृश्य हो । क्याबिनेट मिटिङदेखि दैनिक प्रेस ब्रिफिंगसम्म कतै कसैले मास्क प्रयोग गरेको भेटिन्न । बरू सामाजिक दूरीको नियम भने पालना गरेको देख्न सकिन्छ ।

बेलायतका हस्पिटल वार्ड यतिबेला कोभिड़का बिरामीले भरिएको हुनाले त्यहाँभित्र पिपिई अनिवार्य नै भयो तर वार्डको ढोका खोलेर बाहिर आउनेबित्तिकै पिपिईसँगै मास्क पनि खोलेर बिनमा हाल्ने अभ्यास छ । हस्पिटलभित्रै क्यान्टिन, कारपार्क, अफिस, ल्याब, रिसेप्शन या लबीहरूमा मास्क लगाएका व्यक्ति भेट्न मुश्किल हुन्छ ।

सार्वजनिक यातायातमा केही एसियन मूलका व्यक्तिले मास्क लगाउने गरेको पहिले पनि देखिन्थ्यो । अहिले अलिकति बाक्लो छ । तर सड़कमा, शपिङ एरियाहरूमा, पार्कमा अझै पनि मास्क लगाउने चलन बसिसकेको छैन । शायद ‘कल्चर’ नै यस्तो भएर पनि हुन सक्छ ।

हामीले अनावश्यक मास्क प्रयोग गऱ्यौं भने हस्पिटलमा स्वास्थ्यकर्मीलाई अभाव हुन सक्छ भन्नेसम्मको सेन्टिमेन्ट केहीमा हुने रहेछ । खासमा यता मास्क लगाउनेदेखि कुन तहको पिपिई लगाउने भन्नेसम्मको निर्णय स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने निकायहरूले दिने सल्लाहमा भर पर्छ । सरकारले पनि त्यही सल्लाहलाई आधार मान्दछन् । सर्जिकल या कपड़ाको मास्कले कोरोनाभाइरसलाई रोक्न सक्छ भन्ने प्रमाणित नभएकाले पनि यसको प्रयोग नभएको हुनुपर्छ । अर्को कुरा मास्कलाई फोहोर हातले एकपल्ट छोएपछि त्यो ‘कन्ट्यामिनेटेड’ हुन्छ र हरेक पल्ट छोएपछि बदलिरहन पनि असम्भव हुन्छ । अनावश्यक मास्कको प्रयोगले पुऱ्याउन सक्ने वातावरणीय असर त छँदै छ ।

यति लामो गन्थन तपाईंले मास्क नलगाउनुस् भन्नका लागि लेखिएको होइन । यता यस्तो हुन्छ भन्ने सूचना साटेको मात्रै । हरेक देश, समाज र शहरका आफ्नै विधान र बुझाइ हुन्छन् ।

आफ्नो आफ्नो देशको स्वास्थ्य-सल्लाह पालना गरौँ, सतर्क र सजग रहौं अनि मिलेर यो भाइरसलाई पराजित गरौँ । नयाँ वर्षको शुभकामना !

नारायाण गाउँले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
द्वन्द्व व्यवस्थापनमा राज्यमात्रै नभई नागरिक समाज र समाजका हरेक व्यक्तिको उत्तिकै भूमिका हुन आउँछ

-सन्तोष पौडेल समाज द्वन्द्वबाटै निर्माण भएको हुन्छ । बिनाद्वन्द्वको समाजको परिकल्पना साम्यवादमा मात्रै

कांग्रेसको संस्थापन पक्षबिरुद्ध चलाइरहेको संघर्षका पछाडिको उद्देश्य के ?

मोहनबिक्रम सिंह । अहिले नेपाली कांग्रेसभित्र तीव्र संघर्ष चलिरहेको छ । त्यो अन्तरसंघर्षसित

आज देशमा मानिसको ज्ञान विज्ञान र चेतनाद्वारा निर्देशित भएन

डा. युवराज संग्रौला । आचरण विनाको ज्ञान र ह्यान्डल विनाको कराइ उस्तै हुन्