छिमेकी देशले सीमा मिचेकाे ३ कराेड नेपालीलाइ कदापी मान्य हुन सक्दैन, सक्दाे Share गराैँ ।



डा.गोविन्दशरण उपाध्याय

कमजोरलाई सबैले हेप्छन् | भारत र चीन दूवैले सीमा मिचेका छन् | चीन भारतभन्दा बलियो छ, उसले आधा अरूणांचल मिच्दा भारतले रोइलो बाहेक केही गर्न सकिरहेको छैन | चीनको सीमा भारतले मिच्न सक्दैन तेसैले उसले आफुभन्दा कमजोर नेपालको सीमा मिचेको हो | भारतले पाकिस्तानको सीमा पनि मिच्न सक्दैन किनभने उ परमाणुशक्ति राष्ट्र हो र उसलाई चीनको साथ छ | विश्वभरी बलियाले आफूभन्दा कमजोरलाई हेप्ने प्रचलन नै छ |

भारतले “सीमा मिचेकै छैन” भनिसक्यो | हामी भारतले सीमा मिच्यो भनिरहेका छौँ | यो विवादमा हामी सर्वसाधारण जनतासमेत मुछिएका छौँ | हाम्रा प्रधानमन्त्रीले सर्वदलीय बैठकका माध्यमबाट के निस्कर्ष निकाल्छन् ? पर्खनुपर्छ | हामी नेपालीको लागि त्यही सत्य हुनेछ, जुन हाम्रो सरकारले भन्ने छ | यदि सरकारले “भारतले सीमा मिचेको छैन” भन्यौं भने हाम्रा आन्दोलनहरू व्यर्थ हुनेछन् | हाम्रो विश्वास, अनिश्चयता र अविश्वासको भूमरीमा अल्झिएको छ |

हामी नेपालीको लागि त्यही सत्य हुनेछ, जुन हाम्रो सरकारले भन्ने छ | यदि सरकारले “भारतले सीमा मिचेको छैन” भन्यौं भने हाम्रा आन्दोलनहरू व्यर्थ हुनेछन् | हाम्रो विश्वास, अनिश्चयता र अविश्वासको भूमरीमा अल्झिएको छ |

निश्चय नै भारतले नेपाली सीमा मिच्नु गलत हो तर मिच्यो भनेर रोइलो गर्दैमा उ त्यस ठाउँबाट फर्किने कुनै सुनिश्चितता छैन | छिमेकीसंग सीमा विवाद नभएको देश विश्वमा खोज्न गार्हाे छ तर जानाजान सीमा मिच्नेहरूमा भारत, अमेरिका, चाइना सबैभन्दा अगाडी छन् | ३ करोड जनसंख्या भएको नेपाली न सानो छ न त कमजोर नै | देशको नेतृत्व गर्ने राजनैतिक शक्तिहरू नै दोहोरो र फोहोरी चरित्रका भएपछि कसको के लाग्छ ? अर्को केवल राजनैतिक नेतृत्वलाई गालीगलौज गरेर समस्याको समाधान हुँदैन | भोट दिएर नेतृत्व गर्न पठाउने जनताहरूले पनि विसंगतिको स्वामित्व लिनुपर्छ | काँडाको रुख रोपेर कसैले पनि अंगुर फलाउन सक्दैन | नेतृत्व काँडा नै नहोला तर विगत ७० वर्षको इतिहासमा अंगूरचाहिं कहिले भएन | हामीले विशाल, बलियो र स्वार्थी छिमेकीसंग समानस्तरमा काम गर्ने, कुरा गर्ने र आफ्नो स्वार्थलाई प्राथमिकता दिने राजनैतिक शक्तिलाई शक्तिमा पुर्याउनु पर्थ्यो | न हामीले यसका लागि पहल गर्यौं न आफै अगाडी उभिएर नेतृत्व ग्रहण गर्न तयार भयौं |

हामीले विशाल, बलियो र स्वार्थी छिमेकीसंग समानस्तरमा काम गर्ने, कुरा गर्ने र आफ्नो स्वार्थलाई प्राथमिकता दिने राजनैतिक शक्तिलाई शक्तिमा पुर्याउनु पर्थ्यो |

जनताले मात्र देशको माया गरेर पुग्दैन | नेतृत्वतहमा पनि देशको भूमिप्रति उत्तिकै प्रतिवद्धता हुनुपर्छ | दुर्भाग्य नै भन्नुपर्छ – नेपालको सार्वभौमका सवालमा नेपाली जनताले आफ्नै नेतृत्वमा विश्वास गर्न सक्दैनन् | खासगरी चुनावी पद्धतिबाट चुनिएका नेतृत्वमा | अप्रिय नै लागे पनि अहिलेको नेतृत्वले सीमा मिचेको सम्वन्धमा बलियो कूटनैतिक पहल गर्ला भन्ने जनतालाई पटक्कै विश्वास छैन | आफ्नो सीमा मिचिंदा जनताको मन पोल्छ, उग्रता प्रकट हुन्छ तर सडकमा उत्रिएर देश-देश वीचका समस्याहरू समाधान हुँदैन | नेपाली भूमिमा नेपाली जनताको आन्दोलन देखेर सुनेर भारतीय नेतृत्वले आफ्नो अडान फिर्ता गर्ने छैन | हो, संदेश पुर्याउनका लागि यस्ता क्रियाकलापहरू सहयोगी हुन्छन् | नेपाली जनताको देशभक्तिको वैश्विककरण हुन्छ | आजको संचारले यो सुविधा दिएको छ |

नेपालले प्रजातन्त्र, गणतन्त्र र प्रजातान्त्रिक गणतन्त्रको राजनैतिक अभ्यास गरिसकेको छ र गरिरहेको छ | यो कपुतन्त्रले देशलाई बलियो बनाउन सक्छ भन्ने आशा जनताले मारिसकेका छन् | विगत ७० वर्षसम्म यदि कुनै सकारात्मक परिवर्तन भएन भने अव हुन्छ ? भन्ने कुनै आधार छैन | पुँजीवाद, साम्यवाद र समाजवादको राजनैतिक अनुकरणले देश र जनताको मुहार फेरिने छैन | सीमा त देखिने समस्या हो तर भारतसहित अन्यदेशहरूसंग हाम्रो आर्थिक ब्यापार घाटाको रकमले लगभग आजको नेपालसरहको भूभाग किन्न सकिन्छ भन्ने विर्सन हुँदैन | यो तीतोसत्यका जन्मदाता आज हालीमुहाली गर्ने राजनैतिक दल नै हुन् | जन्मभूमिलाई प्राणभन्दा प्रिय मान्ने हाम्रो मन धेरैपटक दुखेको छ | नेतृत्वले बलियो कूटनैतिक पहल गरेर आफ्नो भूमि फिर्ता ल्याउनुको सट्टा आत्मसमर्पण गरेर जनतालाई थाग्नामा सुताएको छ |

जन्मभूमिलाई प्राणभन्दा प्रिय मान्ने हाम्रो मन धेरैपटक दुखेको छ | नेतृत्वले बलियो कूटनैतिक पहल गरेर आफ्नो भूमि फिर्ता ल्याउनुको सट्टा आत्मसमर्पण गरेर जनतालाई थाग्नामा सुताएको छ |

भारत हाम्रो छिमेकी मात्र होइन ब्यबहारिक रूपमा अनिवार्य मित्र हो | उसले सधैं “रोटीबेटी”को सम्बन्ध र “सांस्कृतिक -सम्वन्ध”का नाममा नेपाली जनता थुम्थुम्याउने काम गर्छ | भारतले सधैं तेही काम गर्छ जसबाट उसको राजनैतिक र आर्थिक फाइदा हुन्छ | नेपालको नेतृत्वले नेपाल र नेपालीको स्वार्थका लागि अडान लिंदैन | भारतले सधैं यहींबाट लाभ लिन्छ | लिपूलेकका सवालमा चाइना र भारत एकठाउँमा उभिएका छन् | अव यो मुद्दा दुईटा ठूला अजिङ्गरहरूको मुखबाट खरायो निकाल्ने प्रयत्न गर्नुसरह भएको छ | सत्य यही हो |

नेपालको राजनैतिक नेतृत्वले आत्मविश्वास र स्वाभिमानका साथ समानतहमा सीमाहरूका सवालमा बलियो कुटनैतिक छलफल गरेको भए यस्तो स्थिति आउने थिएन | सीमा भनेको केवल जमिनको टुक्रा होइन यो स्वाभिमान र देशभक्तिको खाँबो पनि हो | प्रधानमन्त्रीको नेतृत्वमा बस्ने सर्वदलीय वैठकले सीमाका सवालमा मात्र होइन सबैखाले विषयहरूमा एउटा दीगो र वैज्ञानिक समाधानका लागि सर्वसम्मत बाटो पहिल्याउने छ | एक पटक नक्सा प्रकाशित गरिसकेको भारतका लागि त्यसबाट पछि हट्नु सजिलो छैन भन्ने कुरा बुझ्दै “विजय-विजय” को बाटो छान्ने नै छ |

सीमा भनेको केवल जमिनको टुक्रा होइन यो स्वाभिमान र देशभक्तिको खाँबो पनि हो |

भारत र नेपालसंग समानतहमा कुरा गर्न सबैभन्दा पहिले नेपालले आफुलाई बलियो बनाउनुपर्छ | नेपालको मौलिकता तथा जरोकिलोमा आधारित देश विकासको मोडेल निर्माण हुनुपर्छ | नेपाललाई बलियो बनाउन “राज्यराष्ट्र”को ब्यबहारिक कार्यन्वयनको लागि नेपाली जनता सहमत हुनुपर्छ | केही थालनी भैसकेको छ | स्वाभिमानी राजनैतिक नेतृत्वको विकास र सत्तारोहण नै समस्याको दिगो समाधान हो | भारतले जे गरिरहेको छ, गलत हो तर हामी नेपाली जनताले पनि जरोकिलोमा आधारित स्वाभिमानी राजनैतिक शक्तिको प्रवर्धनलाई सहयोग र समर्थन न गरे फेरि पनि चुक्ने छौँ | देश भक्त बनौँ, विवेकी बनौ र राजनैतिक प्रतिमान परिवर्तनको बाटो रोजेर स्वाभिमानी नेतृत्व निर्माणतिर अगाडी बढौं |

स्वस्तिअस्तु

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया