काठमाडौं । विवेकशील साझा पार्टी राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने भएको छ । ‘नो भोट’ लागु गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्न माग गर्दै विवेकशील साझाले राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।
बागमती प्रदेश अन्तर्गत अन्यतर्फ रिक्त एक पदमा आज उपनिर्वाचन हुँदैछ । यहाँ विवेकशील साझाका ३ जना प्रदेश सभा सदस्य मतदाता छन् तर उनीहरूले आज मतदान नगर्ने भएका हुन् ।
‘विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका बौद्धिक व्यक्तित्वहरूको उपस्थिति हुनुपर्दछ भन्ने मान्यता राख्दछ। कार्यपालिका (प्रधानमन्त्री) को चयनमा प्रत्यक्ष भूमिका नहुने सदन भएका कारण पनि राष्ट्रिय सभा सदस्यहरूले कतिपय अवस्थामा दलीय स्वार्थ भन्दा माथि उठी मुलुक र नागरिकको हितमा भूमिका खेल्न सक्नुपर्दछ भन्ने हामीलाई लाग्दछ,’ उक्त पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘यस राष्ट्रिय सभाको निर्वाचनसम्म आइपुग्दा पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवार होइन’ अर्थात् नो भोटको विकल्प सामेल नगरिनु खेदजनक छ,’ उनले भनेका छन्।

प्रतिक्रिया