काठमाडौं । ललितपुर सिटी एफसीले मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदीप हुमागाईलाई दिने भएको छ । अर्को महिना हुने नेपाल सुपर लिगमा सहभागिता जनाउन लागेको टोली ललितपुर सिटी एफसीले सोमबार पत्रकार सम्मेलन गरी हुमागाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने जनाएको हो ।
नेपाली शीर्ष डिभिजन लिग ए डिभिजन अन्तर्गत थ्री स्टार क्लबमा प्रशिक्षणको जिम्मेवारी निर्वाह गरिसकेका प्रशिक्षक हुमागाईलाई जिम्मेवार दिन लागेको हो । कार्यक्रममा हुमागाईले राम्रो नतिजा निकाल्नलाई क्लबले तयारी गर्ने बताए । हुमागाईले ललितपुरलाई प्रशिक्षण गर्नु आफ्नो लागि परीक्षा भएको बताए ।
ललितपुरले यसअघि नै राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरिसकेको छ । गत शुक्रबार भएको अक्सनबाट टोलीमा ललितपुरले अक्सनबाट १४ खेलाडीको पनि टुङ्गो लगाइसकेको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमले सहभागिता जनाउँदैछन् । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन । विराटनगर बाहेकले अन्य टोलीले प्रशिक्षक सार्वजनिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हँुदै छ ।

प्रतिक्रिया