प्रदेश पाँचको राजधानीको दाङको देउखुरी राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित


बुटवल । प्रदेश पाँचको राजधानी दाङको देउखुरी हुने भएको छ । प्रदेशसभाको मंगलबारको बैठकले सरकारको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा १३ मत परेको थियो ।

विपक्षी दल नेपाली कांग्रेसका १९ मध्ये १३ जनाले विपक्षमा र ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। प्रदेश सभा ८७ जनामध्ये ८२ जना मतदानमा सहभागी भएका थिए।