काठमाडौं । नेपाली कांग्रेसले प्रदेश पाँचमा आफ्ना पार्टीका सांसदले कुर्सी तोडफोड गरेको घटना पार्टीको नीति विपरीत भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ भएको बताएका हुन् ।
उनले रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाईसमेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै नदिइएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ ! रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन।’
प्रदेश पाँचको राजधानी बुटवलबाट दाङ सार्ने प्रस्ताव सोमबारको प्रदेशसभा बैठकमा पेश गरेको भन्दै कांग्रेस सांसदहरु बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवारले कुर्सी तोडफोड गरेका थिए ।
अनि गरे कांग्रेस सांसदले प्रदेश सभा बैठकमा कुर्सी तोडफोड(भिडियोसहित)


प्रतिक्रिया