सुदूरपश्चिम एनपीएलको फाइनलमा


काठमाडौँ । सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार  भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी लाइन्ससँगको भेट पक्का गरेको हो ।

चितवनले दिएको १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ७ विकेट गुमाएर पूरा गर्यो ।  यसअघि त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो ।

एनपीएलका तीनवटै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम एक्लो टोली बनेको छ  । अब शनिबार एनपीएलको फाइनलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।