सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै चितवन


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेर ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । टस हारेको सुदूरपश्चिमले पहिलो इनिङ्समा बलिङ गर्नेछ।

सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटको हार बेहोरेको थियो। लिग चरणको खेलमा ७ खेलमा ५ जित र २ हारसहित सुदूरपश्चिम रोयल्सले शिर्ष २ मा लिग सकेको थियो ।

चितवन राइनोजले भने लिग चरणको ७ खेलमा ३ जित ३ हार र १ खेलमा वर्षा बाधक बन्दा लुम्बिनी लायन्ससँग अंक बाँड्दै ७ अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो।