दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नेपाल प्रहरीको आईजीपी बनाउने मन्त्रिपरिषदको निर्णय


काठमाडौँ । सरकारले एआइजी मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले दानबहादुर कार्कीलाई हटाएर केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

कार्कीलाई प्रधानमन्त्री बालेन साहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले पार्टीको निर्देशनपछि महानिरीक्षक कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताए । 

। पछिल्लो समय नेपाल प्रहरीमा कार्की र केसीबीच टकराव चलिरहेको थियो। कार्कीलाई गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले आइजीपीमा नियुक्त गरेको थियो ।