काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को मा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो । यसअघि उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग सुदूरपश्चिम सात विकेटले पराजित भएको थियो।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । उनले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् । इशान पाण्डेले ३७ तथा ब्रान्डन म्याकमुलेनले २२ रन बनाए । पोखराका धनञ्जय लक्षण, मेहदी हसन र साकिब अल हसनले १÷१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो ।

प्रतिक्रिया