काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी ९ औँ केन्द्रीय महाधिवेशनमा नयाँ कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी परेको थियो ।
अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । लामो समयदेखि नेपाली लोकसङ्गीतमा सक्रिय शर्माले यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।
मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत उनी दर्शक तथा श्रोतामाझ लोकप्रिय छन्। उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

प्रतिक्रिया