काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा कार्यरत स्थायी कर्मचारीहरूले भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ५२ हजार ९३१ रुपैयाँ ९० पैसा सहयोग गरेका छन्।
लिमिटेडले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारमा क्षति पुगेको थियो।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीहरूबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको लिमिटेडले जनाएको छ।
लिमिटेडका कर्मचारीहरूको तर्फबाट रु. ११,५२,९३१ रुपैयाँ ९० पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
लिमिटेडले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने कार्यमा आफ्नो प्रतिबद्धता रहेको जनाएको छ।

प्रतिक्रिया