काठमाडौँ । रास्वपा सांसद रमेश प्रसाईंले महँगीले छलाङ मारको भन्दै प्रतिनिधि सभा बैठकमा नियन्त्रणको माग गरेका छन् ।
देश विपत्तिले छटपटाइरहेको बेला अर्कातिर बजार उद्दण्ड भएको उनको भनाइ थियो । “मेरै सरकारको पालामा महँगीले छलाङ लगायो । प्याज, चामल तेल, हरेक चिजको भाउ बढ्यो । चिल्ला गाडी चढ्नेलाई फरक पारेन तर हामी जस्ताको ढाड सेक्यो,” उनले भने ।
नयाँ उद्योग मन्त्रीलाई स्वागत गर्ने भन्दै उनले ‘नयाँ जोगीले धेरै खरानी घस्छ भनेजस्तो नगर्न सचेत गराए । उनले भने, “यो कालो बजारी नियन्त्रण गर्नका लागि उहाँले नयाँ किसिमको भूमिका निभाउन सक्नुहोस् ।”
राजधानीका सर्वाजनिक सवारी साधनमा भेडा कोचेजस्तो यात्रु कोच्ने गरेको भन्दै प्रसाईंले कटाक्ष पनि गरे । यस विषयमा गृह मन्त्रालय र यातायात मन्त्रालयको उनले ध्यानाकर्षण गराए । उनले भने, ‘के राजधानीमा यातायात व्यवस्थापन गर्न पनि हाम्रो सामथ्र्य नपुगेको हो र ?”

प्रतिक्रिया