काठमाडौँ । नेपाली बजारमा सोमबारको तुलनामा मंगलबार सुनको मूल्य एक हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १३ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५९५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया