सुनको मूल्य तोलामा ३ लाख १० हजार ३ सय रुपैयाँ


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे । त्यस्तै चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदी तोलामा ३२५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएकाे छ । गत शुक्रबार चाँदी ५ हजार ५० रुपैयाँमा काराेबार भएकाे थियाे ।