काठमाडौँ । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से घटेको छ । सोमबार नेप्से ८ दशमलव १६ अङ्कले घटेर २ हजार ६ सय ६२ दशमलव ९१ विन्दुमा झरेको छ ।
आज फाइनान्स, होटल र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा जलविद्युत् समूहको शेयर १ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ६३ वटा कम्पनीको शेयर घटेकोमा ८६ वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ दशमलव ३८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ३३५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ७ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया